लमहीमा राष्ट्रियस्तरको महिला क्रिकेट प्रतियोगिता हुँदै

लमही, चैत २२ । दाङमा आगामी वैशाख ५ गतेदेखि राष्ट्रियस्तरको महिला क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

देउखुरीको लमही क्रीकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरका विभिन्न दशवटा महिला क्रीकेट टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिको आयोजना एवं लमहि क्रिकेट क्लबको सहयोग र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको औपचारिक उद्घाटन आषमी वैशाख ५ गते नेपालगञ्जमा गरिने भएपनि यही चैत २८ गतेदेखि नै केही प्रतियोगिताहरु सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्