धोवीघाटमा ट्रकले भ्यानलाई ठक्कर दिँदा चालकसहित २ को मृत्यु

काठमाडौं, चैत २२ । शुक्रबार दिउँसो ललितपुर धोवीघाटमा दुईवटा गाडी ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७ च २१३१ नम्बरको भ्यान चालक र अर्की एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा भ्यान चालक दोलखाका ४० वर्षका इन्द्रबहादुर सुनुवार र धनुषा धारापानीकी ४० वर्षकी डोल्मा शेर्पाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि जाउलाखेलको अल्का टु अस्पताल लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । एक जना घाइतेको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्