नेपोलियनका प्रेम पत्र ६ करोडमा बिक्री

 

पेरिस । संसार प्रसिद्द नेपोलियन बोनापार्टद्वारा आफ्नो श्रीमती जोसेफिनलाई लेखिएका तीन प्रेम पत्र ५, १३, ००० युरो अर्थात् करिब ६ करोड बढी नेपाली रुपैयाँमा लिलामी भएका छन् ।

नेपोलियनले यी पत्रहरु १७९६ र १८०४ को बीचमा लेखेका थिए ।

ड्रोउट लिलामी घरले यो लिलामी गरेको हो ।

१७९६ मा इटाली अभियानको बेला लेखिएको एउटा पत्रमा बोनापार्टले भनेका छन, – मेरो प्रिय साथी, तपाईको तर्फबाट मलाई कुनै पत्र प्राप्त भएन । पक्कै पनि केही विशेष चलिरहेको होला, त्यसैले आफ्नो श्रीमानलाई बिर्से जस्तो छ । यता मलाई भने काम र निकै थकाईको बीचमा तपाई र मात्र तपाईको सम्झना आउँछ ।

कमेन्ट गर्नुहोस्