‘जनयुद्ध’ अनुभव

अघि–अघि म, पछि–पछि २२ बोर बन्दुकको मोजल आकाशतिर फर्काएर बोकेको एक तन्नेरी  । आँगनमा देख्नेबित्तिकै आमा तर्सनुभयो, ‘को हो उहाँ, पुलिस कि माओवादी रु’ प्रहरीले मलाई पक्राउ गरिरहेको, माओवादीले पूर्णकालीन हुन बारम्बार दबाब दिइरहेको घटनाबारे आमा जानकार नहुनै कुरै थिएन  ।

राजनीति नामको खेलमा लागेर बिग्रियो भन्ने निष्कर्ष आमाको मात्र होइन, दाजुहरूको समेत थियो । यसकारण कि त्यस बेलासम्म मैले थुप्रै उतारचढाव भोगिरहेको थिएँ । मैले भनें, ‘म माओवादीमा हिँड्ने भएँ । त्यसैले उहाँ मसँग आउनुभएको ।’

यसपछि के चाहिन्थ्यो र १ बलिन्द्र धारा आँसु झार्दै आमा रुन थाल्नुभयो, ‘ए नानी यो गोलीले मलाई नै हानिदेऊ । मेरो छोरोलाई तिम्रो पार्टीमा नलैजाऊ । बाबु बित्दा १० महिना पनि नपुगेको बच्चालाई हुर्काएँ, पढाएँ । यही छोरोको अनुहार हेरेर बाँचें । अहिले माओवादीमा लगिदिने भयौ ?’ आमाले विलाप गरिरहनुभएको थियो । म भने कोठामा छिरेर दुई जोर कपडा, केही पुस्तक झोलामा हालेर आँगनमा आइसकेको थिएँ ।

मसँगै गएको छापामार केशव आमालाई सम्झाउने प्रयत्नमा त लागेको थियो तर आमा उसको कुरा सुन्ने पक्षमै हुनुहुन्नथ्यो । ‘ल रुनु पर्दर्नै । केही हुँदैन मलाई । तपाईंजस्तै हजारौं आमाको पोल्टामा सुखको दिन ल्याउने यात्रामा लागेको हुँ,’ मैले उहाँलाई यसो भनेर बाटो लागें । आमा भने खुट्टामा लुटपुटिन आउनुभयो । उहाँ लुटपुटिन आएपछि कताकता मलाई पनि नमीठो अनुभूति नभएको होइन । तर, ‘कमरेड’ प्रभात, ‘कमरेड’ प्रतिष्ठा मलाई पर्खिरहेका थिए । अघिल्लो दिनमात्रै काँगेलस्थित हाम्रो अर्को घरमा आएर उनीहरूले मलाई भेटेका थिए । र, बेलुकीपख हामी तुलकुमार सरकोमा आएका थियौं । रातभरको छलफलपछि म माओवादीको पूर्णकालीन हुने टुङ्गोमा पुगेको थिएँ । उनीहरूले घरमा कपडा लिन जान्छु भन्दा ‘हामी पनि जानुपर्छ रु’ भनेका थिए । मैले ‘पर्दैन’ भनें । तर, घरमा एक्लै गए फर्कंदैन भन्ने भएर होला, बन्दुकसहित छापामार मसँगै पठाए । त्यही बन्दुक देखेपछि आमा धर्धरी रुनुभएको थियो । त्यसपछिका दिनमा भने केशवले मेरो आमाको आँसु पुछ्न जति प्रयास गरेको थियो, त्यस्तै यत्न मैले पनि थुप्रै–थुप्रै आमाका निम्ति गर्नुपर्‍यो ।

निर्धा, निमुखा, निःसहाय, निरीह र निरक्षर साधारणजनका पक्षमा आफ्नो ‘फैसला’ पैरवी गरेर माओवादीहरूले विद्रोहको बन्जीजम्प हानेका थिए १ फागुन २०५२ बाट । उनीहरूले सुरुआती चरणमा सरकारले सुधारको सूचीमा नराखेको तर निर्धाजनले दिनदिनै भोग्नुपरिरहेको निर्मम सकस र साना–साना समस्यामाथि निसाना केन्द्रित गरेका थिए । जस्तो कि श्रीमती, आमा, दिदीबहिनीका थैली, गहना थुतेर जुवातास खेलेर, जाँड–रक्सी खाएर समय व्यतित गर्ने पुरुष, कक्षाकोठामा विद्यार्थीहरू थुनेर कार्यालयभित्रै तास खेल्ने, रक्सी–मासुको भतेर लगाउने शिक्षक, जाली तमसुक बनाएर गरिबलाई उठिबास लगाउने साहु–महाजन र तिनका प्रतिनिधिमाथि ‘भाटे’ कारबाही गरेर पीडितजनको दिल जितेका थिए । माओवादीहरूले विसंगतिमाथि गरेका यिनै प्रहारले ‘जनयुद्ध’ डढेलो गतिमा विस्तारित भएको थियो ।

पूर्णकालीन हुनुअघि मैले जे–जति कार्यकर्ता–लडाकु भेटे, परिवर्तनप्रति उनीहरूको समर्पणभाव, उत्साह, निर्दोष अनुहार, इमानदारी, शूर्‍याइँले काफी हदसम्म आकर्षित गराएको थियो । किन कोही जानी–जानी मृत्युको मुखमा हाम फाल्न तयार छ रु परिवर्तनको हुटहुटीले भन्ने छाप छाड्न सफल थिए माओवादीहरू । त्यसमा अर्को एउटा मात्र होस्, इँटा थपौं भन्ने सोचले जित्यो मेरो अन्तर्मनलाई । फलतः २०५८ को असार १९ गतेको बिहान म म पूर्णकालीन हुने निष्कर्षमा पुगेको थिएँ । माओवादीसँगको संगत भने २०५३र०५४ को क्याम्पस जीवनबाटै सुरु भइसकेको थियो ।

२०५७ फागुनको एक दिन माओवादीका तत्कालीन क्षेक्रीय ब्युरो सदस्य तथा सोलु–ओखलढुंगा सेत्रेटरी कुमार उर्फ मोहनचन्द्र गौतम ९२०६० भदौ २० मा सिरहामा मारिएका० केही सहकर्मीका साथ मलाई खोज्दै हाम्रो घरमा आए । ‘तपाईंलाई पूर्णकालीन बनाउन म आएको हुँ । तपाईंबारे साथीहरूबाट धेरै सुनेको छु । अब तपाईं माओवादी आन्दोलनमा पूर्णकालीन हुनैपर्छ,’ कुमारले भने। पूर्णकालीन नहुन्जेलसम्म तपार्इंकैमा बस्छु भन्नसम्म भ्याए । तर, म माओवादीमा आबद्ध हुन मानिनँ । उनको सामान्यपन, विषयवस्त प्रस्तुत गर्ने शैलीले भने मलाई बेसरी प्रभाव पार्‍यो । कुमार जतिको निष्ठावान नेता माओवादीमा कमै भेटाएको छु मैले । कुमारपछि प्रभात, प्रतिष्ठा, कुसुम, शक्तिलगायतले पनि पूर्णकालीन हुन दबाब दिई नै रहे । प्रहरी प्रशासनको तारोमा पर्ने क्रम पनि बढ्दै गयो ।

फेरि अर्को कुरा, माओवादीहरूमा कस्तो मानसिकता थियो भने राजनीतिक रूपमा सचेत कोही युवा गाउँमा छ भने कि त आफ्नै पार्टीमा पूर्णकालीन बनाउने, नत्र गाउँबाटै लखेट्ने । जसले गर्दा गाउँमा एकछत्र राज गर्न पाइयोस्, आफूहरूको कुरा काटिदिने कोही नहोऊन् । माओवादीको यस नीतिले गर्दा म घर छ्डोने वा पूर्णकालीन हुनेमध्ये एक रोज्न बाध्य थिएँ ।

मृत्युसँग साक्षात्कार

२०५८ मंसिर ८ को राति माओवादीले आक्रमण सूचीमा राखेको सल्लेरी मोर्चामा कुसुम, म र अनोद ९कुसुमको स्टाफ, जो संकटकाललगत्तै ओखलढुंगाको चार्खुमा मारिए० को जिम्मेवारी सल्लेरी–च्लाल्सा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली निभाउने थियो । ठीक ११ बजे राति बत्ती निभाउने जिम्मेवारी पाएका थियौं हामीले । १ घण्टाअघि नै सोलुखोला किनारको ‘पावर हाउस’ पुगेर कार्यालयमा रहेका कर्मचारीसँग थुप्रै भलाकुसारी त गरियो नै, निर्धारित समयमै ‘लाइन अफ’ गराइयो ।

‘स्विच अफ’ गरेको मिनेट बितेकै थिएन । सहकर्मी प्रतिष्ठा ९सिन्धुपाल्चोक सिरुबारीका ओमप्रसाद दुवाल० हस्याङफस्याङ गर्दै आउँदै रहेछन् । सल्लेरी आक्रमणका लागि जे ‘पासवर्ड’ राखिएको थियो, उनले भन्न सकेनन् । अध्याँरोका कारण चिन्न नसकिएकाले झन्डै ‘फायर’ खोलियो । छापामारहरू जैदु निमावि छेउमा पुग्दा एक लडाकुले बोकेको ग्रिनेट विस्फोट भएसँगै आक्रमणको योजना खुलेकाले बिजुली ननिभाउने योजनाका साथ ‘कमरेड’ प्रतिष्ठालाई पठाइएको रहेछ । उनी केही मिनेट मात्र ढिलो भएकाले डेढरदुई मिनेट बत्ती निभ्यो ।

२०५९ कात्तिक १० को राति निसाना साधिँएको ‘रुम्जाटार मोर्चा’ मा मलाई प्रिय साथी शूरवीर उर्फ हेमराज राई ९हाल संघीय सांसद० ले एसएसएलआर पड्काउन सिकाएको थियो । त्यही मोर्चामा पश्चिम नेपालबाट आएका एक जना ‘जनमुक्ति सेना’ गम्भीर घाइते भए । उनलाई बोकेर ‘सेल्टर’ ल्याउने क्रममा मेरो शरीरमा लत्पतिएको रगत, उनको मृत्यु भएपछि गाड्न लाग्दा उनकी जीवन संगिनीले मृत शरीरलाई अंगालो मारेर छुट्टयाउनै कठिन बनेको क्षण सम्झँदा आज पनि निकै पीडा हुन्छ मलाई । रुम्जाटारमा सायद अग्लो कोदोको झ्याङले साथ नदिएको हुन्थ्यो भने हाल नेकपाका केन्द्रीय सदस्य शिवकुमार बस्नेत ९राजेन्द्र०, म र काजी शेर्पाको चिहान एकै ठाउँमा भइसकेको हुने थियो ।

कहिलेकाहीँ एकान्तमा घोरिएर माओवादी द्वन्द्वमा सहभागी हुँदाका दिन सम्झियो भने ज्युँदै छु र जस्तो लाग्छ । किनकि राज्यका तर्फबाट परिचालित सुरक्षाकर्मीले मार्न बारम्बार गरेका प्रयत्न सम्झिँदा मृत्यु भइसकेको अनुभूति हुन्छ । २०६० भदौ २३ गते सोलुखुम्बुको नेचा बेतघारी गाविसको चुर्पु पुलछेउ खरबारी भन्ने स्थानमा म र सहकर्मी विमल ९मणि राई० ‘दुई आतंककारी’ लाई सिध्याउन गस्तीमा रहेको सेनाले १० हजार राउन्डभन्दा बढी गोली पड्काएका थिए । त्यहाँ कसरी बाँचियो होला रु शरीर सिरिङ्ग हुन्छ, अहिले पनि । त्यही सालको दसैंको अष्टमीको दिन तिङ्लामा सेनाले हालेको घेराबाट संयोगले बचियो भने ऐंसेलुखर्कमा निरन्तर एक सातासम्म भएको दोहोरो भिडन्त सम्झिँदा बाँच्नै जुरेको प्रतीत हुन्छ । सल्लेरी दोर्पु बजार, नेले, गैरी, पत्ताले, ओखलढुंगाको साँघुटार, रामेछापको देउराली, कुम्भुकास्थली, उदयपुर इनामे, घुर्मी, सर्लाहीको हरिवनलगायत स्थानका घेराउ र भिडन्तबाट बाँचेको फेहरस्त दर्जनौं छन् ।

अधोगतिको मति

जसै माओवादी आन्दोलनले उचाइ लिँदै गयो । नेता–कार्यकर्ताहरूमा विलासी र फजुल खर्ची पनि बढ्दै गयो । प्रत्येक गाविसबाट न्यूनतम ५० हजार रुपैयाँ असुल्ने क्रम माओवादीहरूले २०५४र०५५ बाटै सुरु गरिसकेका थिए । जुन गाविसका अध्यक्ष–सचिवले ५० हजार बुझाउन आनाकानी गर्थे, उनीहरू कि त थातथलो त्याग्न कि मृत्युको पुर्जी स्वीकार गर्न बाध्य थिए । स्थानीय ‘सामन्त–फटाहा’, शिक्षक, लाहुरेसँग पनि माओवादीहरूले ठूलै पैमानामा रकम असुली गरेका थिए । यसरी उठाएको रकमप्रति जवाफदेही हुनु नपर्ने, कहीँकतै ‘अडिट’ गराउनु नपर्ने, आफूभन्दा उपल्लो जिम्मेवारीका केही नेतालाई चित्त बुझाए पुगिहाल्ने प्रवृत्तिलाई केन्द्रीय सदस्यदेखि जिल्ला तहसम्मका खास–खास नेताहरूले यसरी मलिलो बनाए कि ‘चन्दा’ उठाइएको रकमको पारदर्शिताबारे प्रश्न उठाउने फंक्तिलाई नै दमनको चत्रमा पार्न थालियो ।

सामन्तवादको धङधङीबाट थिग्रिन धेरै बाँकी नै रहेकाले हुन सक्छ, मुखले अग्रगामी सुधार र चेतनाका कुरा गरे पनि व्यवहारमा माओवादी आन्दोलन दासहरू उत्पादन गर्ने कारखानाभन्दा माथि उठ्न नसकेको देखेंरभेटें मैले । माओवादी आन्दोलनको चुरो समस्या कहाँनेर भने व्यक्तिको क्षमता र इमानदारीले मात्र त्यहाँ टिक्न सम्भव थिएन । नेताहरूलाई अतिरिक्त चाकरी गरेर रिझाउनुपर्ने अवशेषहरू यत्रतत्र थिए । जसले नेताहरूलाई बिहान ओछ्यानमै चिया–दूध पुर्‍याइदिन सक्छ, ऊ सबैभन्दा असल कार्यकर्ता दरिने, आफूभन्दा उपल्लो जिम्मेवारीको नेताले अपराधै गर्न निर्देशन दिइरहेको छ भने पनि त्यसलाई चुपचाप स्वीकार गरेर कार्यान्वयनमा लैजानुपर्ने, कार्यकर्ताहरूले नेतासँग आँखामा आँखा जुधाएर कुरा गरेको नरुचाउने प्रवृत्ति बढ्दै गयो माओवादीमा ।

विभेदविरुद्धको नारा दिएर सुरु भएको माओवादी विद्रोहले आफैंभित्र विभेद गर्न थाल्यो । जिम्मेवारीको हिसाबले कोही माथि कोही तल हुनु स्वाभाविकै हो । तर, समानता र न्याय सबैका हकमा बराबर हुनुको साटो माओवादीमा एकथरी मालिक र अर्काथरीलाई गुलाम बनाउन थालियो । कसैले कसैलाई विश्वास नगर्ने, जुनसुकै हर्कत गरेर पनि पद लिइछाड्ने, आफ्नै सहकर्मीलाई समेत राम्रो सुझबुझ, अनुसन्धान नै नगरी जस्तोसुकै कारबाही गर्न तयार हुने, आफूले विलासी र भ्रष्ट आचरण बोक्ने अनि अरूलाई इमानदारी, त्याग, समर्पण, बलिदानको गाथा सुनाउने नेताहरूको समूह बढ्दै गयो माओवादीमा । समस्यालाई सैद्धान्तिकभन्दा प्राविधिक रूपमा हल गर्न थालियो ।

२०५८ मंसिर ११ मा सरकारले संकटकालको भारी थोपरेपछि राज्य र विद्रोही दुवै फक्षबाट व्यक्ति हत्या गर्ने त्रम ह्वात्तै बढ्यो । सरकारले चलाएको अप्रेसनलाई माओवादीहरूले श्वेत आतंकको नाम दिएका थिए । उनीहरूले श्वेत आतंकविरुद्ध ‘रेड’ आतंक भन्ने नारा नै अघि सारे । सामान्य शंकाकै भरमा सुराकी, वर्ग दुश्मन, सामन्त आदिको बिल्ला भिराउँदै धेरै सर्वसाधारणको ‘सफाया’ गरे । ‘कोही मानिसले गल्ती नै गरेको रहेछ भने पनि बाँच्न पाए मात्र गल्ती स्वीकार गर्ने मौका पाउँछ । यसर्थ सफाया गर्नुअघि ऊबारे कैयन पटक सोच्नुपर्छ, गल्ती सच्याउने मौका दिनुपर्छ,’ भन्नेहरूको जमात पनि माओवादीभित्र ठूलै थियो । त्यहीमध्येको एक म पनि थिएँ । तर, फौजीवाद यसरी हावी भयो कि गल्ती सुधार्ने मौका दिनुपर्छ भन्नेहरूलाई सुधारवादी, संशोधनवादी भन्दै शंकाको नजरले हेर्न थालियो । फलतः यस्ता आवाज उठाउनेको संख्या घट्दै गयो ।

सुरुआती चरणमा आलोचनात्मक चेत र आत्मलोचनाको भुइँमा टेकेको माओवादी आन्दोलन कालान्तरमा प्रशंसाको चुच्चेटोपी लगाइदिनुपर्ने बन्न पुग्यो । नेता हुन् वा कार्यकर्ता, कमजोरी खुट्याइदिनेप्रति नै शत्रुको व्यवहार हुन थाल्यो । कुनै पनि आन्दोलनको इमानदारी स्वअनुशासनबाट निर्देशित हुन्छ भन्ने यथार्थलाई अगुवा नेताहरूले नै लत्याउँदै गए । नेताभन्दा कार्यकर्ता र कार्यकर्ताभन्दा सर्वसाधारण इमानदार बने । तैपनि माओवादी नेताहरूलाई लज्जाबोध भएन ।

‘नबुझुन्जेल बुझ्न र बुझिसकेपछि विद्रोह गर्न पाउनु अधिकार हो,’ नेता–कार्यकर्ताहरूलाई आफ्नो ‘जनयुद्ध’ मा पूर्णकालीन बनाउनुअघि माओवादीले सबैभन्दा बढी उच्चारण गर्ने शब्दावली यही थियो । अरूलाई आफ्नो पार्टीमा प्रवेश गराउन प्रयोग गरेको शब्दावली त्यस पार्टीका हकमा चाहिँ लागू नहुने कुरै थिएन । त्यसैले जबसम्म मैले माओवादी आन्दोलनको भित्री नियतलाई नजिकबाट बुझ्न सकिनँ, तबसम्म ‘सहिद’ कै सूचीमा लामबद्ध, घायल वा बेपत्ता हुनु परोस्, त्यो ‘विद्रोह’ मा पूर्णकालीन भए । जब, त्यस आन्दोलनका अन्तरकुन्तरहरूलाई नजिकबाट बुझें, मेरो अन्तर्मनले माओवादीलाई साथ दिइरहन बिल्कुलै उपयुक्त ठानेन । अन्तर्मनले स्वीकार नगरेको स्थानमा जबर्जस्ती बस्न सकिन्न नै, त्यसयता ९२०६१ चैत २४ देखि० माओवादी परित्याग गरी शब्द कुँदिरहेको छु  । कान्तिपुरबाट साभार 

कमेन्ट गर्नुहोस्