अर्जुन मिलनकाे ‘अतीत’ विमाेचन

संविधानविद् भिमार्जुन आचार्यको चौथौं एल्बम ‘अतीत’काे विमोचन भएकाे छ । काठमाडौं कालिकास्थानस्थित सर्वनाम थिएटरमा कवि, गीतकार, संगीतकार मात्रै होइन, नामी फौजीहरू पनि भेला भएका थिए। पूर्वआइजिपी उपेन्द्रकान्त अर्याल, पूर्वआइजिपी कुवेर राणा, पूर्वडिआइजी रमेश खरेल र बहालवाला एसएसपी धिरजप्रताप सिंह।

कार्यक्रम भीमार्जुनका गजल अतीतको विमोचन र गायन प्रस्तुती थियो। मञ्चबाट वरिष्ठ कवि, गीतकार कालीप्रसाद रिजाल, गीतकार दिनेश अधिकारी, वरिष्ठ लोक गायक नारायण रायमाझी, प्राध्यापक डाक्टर सनतकुमार वस्ती, प्रा.नारायण नेपाल, संगीतकार सन्तोष श्रेष्ठले आचार्यका गजल संग्रह विमोचन गरे।

कार्यक्रममा अधिवक्ता, संविधाविद्सँगै अर्काे परिचय बनाएका उनले नारायण नेपालका शब्द र यादव योगीका संगीतमा आचार्यले सुमधुर स्वरले यो गजल गाए। २०४९ सालमा पहिलो गीत रेकर्ड गराएको थिएँ। २६ वर्षको दौरानमा चौथों एल्बम ल्याएँ। अब राष्ट्रिय गीत निकाल्ने तयारीमा रहेकाे बताए ।

कमेन्ट गर्नुहोस्