धोनीको चेन्नईले हरायो पन्जाबलाई

काठमाडौँ, चैत २३ ।

आइपीएलको आज भएको पहिलो खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सले किंग्स इलेभन पन्जाबलाई २२ रनले हराएको छ ।

शनिबार चेन्नईमा खेलिएको आइपीएलको १२ औं संस्करणको १८ औं खेलमा खेलमा टस जितेको चेन्नईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १६० रन बनायो ।

चेन्नईको तर्फबाट फाफ डुप्लेसिसले ३८ बलमा ५४ रन जोडे भने कप्तान धोनीले २३ बलमा ३७ रन जोडे । बलिङ तर्फ आर आश्विनले तीन विकेट लिए भने अन्य बलरलाई कुनै सफलता मिलेन ।

एक सय ६१ रनको विजय लक्ष लिएर मैदानमा उत्रिएको पन्जाबको सुरुवात त्यति आश लाग्दो रहेन । टीमको स्कोरर सात रन मात्र भएको बेला एकपछि अर्को गरेर क्रिस गेल र मयंक अग्रवाल आउट भएपछि रक्षात्मक बनेको पन्जाबलाई तर केएल राहुल र सरफराज खानले पारीलाई सम्हालेर राखे ।

११७ स्कोर भएको बेला केएल राहुल ५५ (४७) रनमा आउट भएपछि फेरि पन्जाबको पारी डगमगायो तर अर्को किनारबाट सरफराजले सम्हालेर राखे ।

टीमको स्कोर १३७ रन भएको बेला सरफराज पनि ६७ (५९) मा आउट भएपछि उनको योगदान टीमलाई खासै काम लागेन । किन भने यस बेला पन्जाबसँग दुई रनमा २३ रन बनाउनु पर्ने चुनौती थियो ।

पन्जाबले २० ओभरको खेलमा पाँच विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका बलरहरूमा सबैभन्दा सफल हरभजन सिंह र स्कट कुगल्जिन रहे । दुबैले २-२ विकेट लिए । त्यस्तै दीपक चहरलाई एउटा सफलता प्राप्त भयो ।

 

कमेन्ट गर्नुहोस्