रियलको  जितमा करिम बेन्जेमाको २ गोल

काठमाडौं, चैत २४ । स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । मड्रिडले एइबारलाई २–१ गोलले हरायो । सान्टियागो बर्नाबाउमा भएको खेलमा एइबारले पहिलो अग्रता लिएको थियो । तर करिम बेन्जेमाले दुई गोल गरेपछि रियलले ला लिगा तालिकामा तीन अंक जोडेको हो । ३९ औं मिनेटमा मार्क कार्डोनाले गोल गर्दै एइबारलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एइबारले एक गोलको अग्रता कायम राख्यो । ५९औं मिनेटमा करिम बेन्जेमाले रियलका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए । ८१औं मिनेटमा बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा रियल मड्रिडले तीन अंक जोडेको हो । जितसँगै रियल मड्रिडले ला लिगामा ५७ अंक बनाएको छ । उसले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी १३ अंकमा छोट्याएको छ । दोस्रो स्थानमा एट्लेटिको मड्रिडको ६२ अंक छ भने शीर्ष स्थानको बार्सिलोनाको ७० अंक छ ।

कमेन्ट गर्नुहोस्