एफए कपः म्यानचेस्टर सिटी फाइनलमा प्रवेश

एजेन्सी । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा ब्राइटन होव अल्वियोनलाई १–० गोल अन्तरले पराजित गर्दै म्यान्चेस्टर सिटी फाइनलमा प्रवेश गरेको हो।

वेम्वली मैदानमा शनिबार राति भएको खेलमा सिटीका लागि खेलको चौथो मिनेटमा नै ब्राजिलीएन खेलाडी गाब्रियल जेससले गरेको गोल नै निर्णायक बन्यो। खेलमा सिटीले बलमाथि आफ्नो पकड बनाएपनि थप गोल भने गर्न सकेन। सिटीले उपाधिका लागि आज हुने वाटफोर्ड र वल्भ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल भने १८ मे मा हुनेछ।

कमेन्ट गर्नुहोस्