गायिका ल्हामु शेर्पा र गायक झकेन्द्र परियारको आवाजमा ‘महाशय’ भिडियो सार्वजनिक

काठमाडौं, चैत २४ । पछिल्लो समयका व्यस्त भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशनमा निकै मार्मिक लोकदोहोरी ‘ महाशय’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायिका ल्हामु शेर्पा र गायक झकेन्द्र परियारको आवाज रहेको छ । गीतलाई मालती म्युजिक प्रालिले बजारमा ल्याएको हो । डम्वरचन्द बगरको शब्द सिर्जना तथा रामु खड्काको संगीत गीतमा रहेको छ । घमण्डको कारण प्रेमी प्रेमिकाबीचमा हुने मतभेदलाई गीतमा समेटिएको छ । निकै आकर्षक रुपमा भिडियो तथा अडियो निमार्ण गरिएकाले आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा राखेको गायक भकेन्द्रले बताए ।

सागर गौत्तमको छायाँकन, अमर शाक्यको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘महाशय ’गीतको भिडियोमा सुमन परियार र रुपा कडेँलको अभिनय रहेको छ । ‘महाशय’ गीतको भिडियो हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्