बैंग्लोरविरूद्ध दिल्लीले पहिला बलिङ गर्ने, सन्दीप पनि टिममा

काठमाडौं, चैत २४ । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्ध केहीबेर (सवा ४ बजे) सुरू हुने खेलमा दिल्ली क्यापिटल्सले पहिला बलिङ रोजेको छ।

बैंग्लोरको चिन्नास्वामी रंगशालामा हुन लागेको खेलका लागि दिल्लीले टस जितेको हो । दिल्लीका कप्तान श्रीएस अइएरले आफ्नो टिममा कुनै परिवर्तन नभएको बताए । यसको अर्थ नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइतबार पनि दिल्लीको प्लेइङ ११ मा परेका छन्।

कमेन्ट गर्नुहोस्