रेफ्रीसँग कोस्टाको अभद्र व्यवहार

एजेन्सी । स्पेनिस खेलाडी डिएगो कोस्टा रिसाह खेलाडीमा पर्छन् । स–साना कुरामा रेफ्री वा विपक्षी खेलाडीसँग वादविवाद गर्दा कोस्टा सधैँ आलोचित बन्ने गर्छन् । मैदानभित्र रिस रोक्न नसक्दा उनी धेरैपटक कारबाहीमा समेत परेका उदाहरण छन् । शनिबार स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको म्याड्रिडबीचको खेलमा यस्तै भयो । खेलको २८औँ मिनेटमा कोस्टा एक्कासि रेफ्री मान्जानोसँग झगडा गर्न पुगे । कोस्टाले रेफ्रीलाई आपत्तिजनक शब्द प्रयोग गरेका थिए ।

यसका साथै आमासँग सम्बन्धित शब्द जोडेर कोस्टाले रेफ्रीलाई गालीगलौज गरे । त्यसपछि रेफ्रीलाई के चाहियो, उनले सीधै कोस्टालाई रातो कार्ड देखाए । रेफ्रीले आफ्नो अन्तिम निर्णय सुनाएपछि कोस्टाको केही पनि चलेन । कोस्टाले रातो कार्ड खाएको प्रतिस्पर्धामा बार्सिलोनाले एट्लेटिकोलाई २–० ले हरायो । एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले कोस्टा कार्डको हकदार खेलाडी भएको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्