मलेसियामा बस दुर्घटना : २ नेपालीको मृत्यु, १० जना घाइते

काठमाडौं, चैत २५ । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदारहरु बोकेको बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ जनाको मृत्यु भएको छ ।

विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने कामदारहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो नेपाल जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेले जानकारी दिए । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु रहेका छन् ।

यस्तै, बस दुर्घटनामा परी १० जना नेपालीहरु घाइते भएका छन् । घाइतेहरुको पुत्राजया र सेर्डाङलगायत अस्पतालमा उपचार भइरहेको अध्यक्ष पाण्डेले बताए । पाण्डेका अनुसार घाइतेमध्ये २ नेपालीको अवस्था गम्भिर र उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

घाइतेहरुको अवस्था बुझ्न दूतावास टोली अस्पताल जाँदै गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्