पेपेः तीनपटक च्याम्पियन्स लिग जितिसकेको छु, यसपटक चौथो हुनेछ

एजेन्सी । रियल मड्रिडका पूर्व डिफेन्डर पेपेले आफूले तीनपटक च्याम्पियन्स लिग जितिसकेको बताउँदै यस पटकको उपाधि चौथो हुने बताएका छन्। पेपे हाल पोर्टोबाट खेलिरहेका छन्। च्याम्पियन्स लिग सेमिफाइनल प्रवेशको पहिलो लेगमा पोर्टो र लिभरपुलबीच मंगलबार राति नेपाली समयअनुसार पौने १ बजे प्रतिस्पर्धा हुँदैछ।

खेलको पूर्वसन्ध्यामा पोर्टोका पेपेले आफूले तीनपटक रियल मड्रिडबाट च्याम्पियन्स लिग जितिसकेका बताएका हुन्। उनले लिभरपुल बलियो टोली भएपनि पोर्टोले खेल जित्ने दाबी गरे। उनले प्रतियोगिता नै पोर्टोले जित्ने समाथ्र्य राख्ने समेत बताए।

लिभरपुल हाल प्रिमियर लिगको लिडर हो। पेपेले भने,‘हामीले लिभरपुलजस्तो उत्कृष्ट टोलीलाई सम्मान गर्नुपर्दछ, तर हामी आफ्नो काम गर्नेछौं।’ ३६ वर्षीय पेपे मड्रिडका उत्कृष्ट डिफेन्डर थिए। उनले सन् २००७ देखि २०१७ सम्म दश वर्ष मड्रिडबाट खेल्दा ३ च्याम्पियन्स लिग ३ ला लिगा जितेका थिए।

कमेन्ट गर्नुहोस्