डडेल्धुरामा बस दुर्घटना, ३१ घाइते, एकको अवस्था गम्भीर

काठमाडौं, चैत २७ । अमरगढी नगरपालिका–११ धनगाड नजिक बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् । भने एक जना गम्भीर घाईते छन् ।धनगढीबाट अछामका लागी छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बस ब्रेक फेल भएर सडकमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।

घाईते २५ जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ भने गम्भीर घाईते कञ्चनपुरको कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई धनगढी रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनामा घाईतेहरु अधिंकाश अछामका रहेको बुझिए पनि अहिले सम्म घाईतेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । बसमा ४५ जना भन्दाबढी सवार रहेको बताईएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

कमेन्ट गर्नुहोस्