आगामी वैशाख १ मा राष्ट्रपतिबाट विभूषण वितरण

काठमाडौं, चैत २७ । संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण आगामी वैशाख १ मा राष्ट्रपतिबाट वितरण हुँदैछ ।

राष्ट्रपति कार्यालय शितल निवासमा वैशाख १ मा वितरण हुने विभूषणका लागि चैत्र २९ गतेसम्म विभूषित व्यक्तिलाई आफ्नो परिचयपत्र लिन गृह मन्त्रालयले भनेको छ ।

विभूषित हुनेहरुमा थाहाखबरडटकमका प्रधान सम्पादक तीर्थ कोइराला पनि छन् । कोइरालालाई सुप्रवल जनसेवाश्रीद्वारा विभूषित गरिने भएको हो ।

कमेन्ट गर्नुहोस्