कांग्रेस र राप्रपाबा नेकपा प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्ड (फोटोफिचर)

चितवन, चैत २७ । नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई बुधबार स्वागत गरेका छन् ।

चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोली लगाई पार्टीमा स्वागत गर्ने भएको हो ।

यसरी प्रवेश गर्नेहरुमा माडी नगरपालिका वडा नं. १ का नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु उत्तम न्यौपाने, अर्बिन काफ्ले र दशरथ भण्डारी रहेका छन् ।

त्यसैगरी राप्रपाबाट सुरज कार्की, मनोज राई, प्रेम न्यौपाने, राजकुमार राई, डोरबहादुर कार्की, श्याम नेपाली, विशाल सापकोटा, नवराज राई, भिमबहादुर राई, सुजन कुमाल, जीवन नेपाली, रवीन्द्र कार्की यन्द्र प्रसाई, प्रताप प्रसाई, दुर्गा प्रसाई, रोशन भट्टराई, हेम राई, गोपाल नेपाल नेकपामा प्रवेश गरेका छन् ।

केही तस्वीरहरु

 

कमेन्ट गर्नुहोस्