तोलामा कतिले बढ्यो सुनको भाऊ ?

काठमाडौं, चैत २८ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बुधबार तेजावी सुन ५९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बिहीबार भने बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बुधबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी ७३० रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्