बियट (B-8) ब्यान्ड जापान आउँदै

काठमाडौं, चैत २८ । नेपालमा रहेका एचआईभी पीडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजले मे १ तारिकमा जापानको नागोयामा ‘गोल्डेन वीक म्युजिकल नाइट’ गर्न लागेको हो । आयोजकले बी ८ ब्याण्ड, जापानिज डिजे र स्थानीय कलाकारलाई उतार्ने कार्यक्रमको संयोजक राजिव लामाले बताए ।

नागोयामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइ नेपाली एचआइभी पीडित बालबालिकालाई सहयोग गर्ने कार्यमा साथ दिनका लागि अनुरोध गर्छु, संयोजक लामाले भने ।

कमेन्ट गर्नुहोस्