३ किलो ३ सय ग्राम अवैध सुनसहित ३ चिनियाँ नागरिक पक्राउ

काठमाडौँ — त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट अवैध सुनसहित ३ चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । चाइना इस्टर्न एयरलाइन्स चढेर चीनको कुनमिङबाट काठमाडौं आएका तीन चिनियाँ नागरिकलाई ३ किलो ३ सय ग्राम अवैध सुनसहित बिहीबार राति पक्राउ गरिएको हो ।

उनीहरुलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार उनीहरुले सुन मलद्वारमा लुकाएर ल्याएका थिए।

कमेन्ट गर्नुहोस्