आर्सनलले सहजै नापोलीलाई हरायो

काठमाडौं, चैत २९ । आर्सनलले नापोलीलाई २-० ले हराउँदै युरोपा लिगको सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । बिहीबार राति भएको खेलमा आर्सनलले इटालियन क्लब नापोलीलाई घरेलु मैदानमै पराजित गर्‍यो।

रोमाञ्चक बनेको खेलको १४ औं मिनेटमा नै आरोन राम्सेले गोल गर्दै टिमलाई घरेलु दर्शकमाझ अग्रता दिलाए । खेलको २५ औं मिनेटमा कोउलीबालीले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा दुई शून्यको अग्रता बनायो ।

सिरी ए को दोस्रो स्थानमा रहेको नापोलीले खेलमा फर्कन निकै प्रयास गरेको थियो तर सफल भएन । जसका कारण आर्सनल दुई शून्यले विजयी भयो । प्रतियोगिताको दोस्रो लेग नापोलीको मैदानमा अर्को बिहीबार हुनेछ ।

कमेन्ट गर्नुहोस्