नेपाल टेलिकमले नयाँ वर्षलाई चितुवाको वर्षको रुपमा लिनुपर्नेः मन्त्री बाँस्कोटा

जनकपुरधाम, चैत २९ । नेपाल सरकारका प्रवक्ता तथा सूचना, प्रविधि तथा संचारमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमले नयाँ वर्षलाई चितुवाको वर्षको रुपमा लिनपर्ने बताएका छन् ।

जनकपुरधाममा शुक्रबार पहिलो पटक ‘फाइबर टु द होम’ (एफटिटिएच) सेवाको उदघाटन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् । उनले चितुवा जुन गतिमा दौडिन्छ त्यही गतिमा नेपाल टेलिकमले पनि काम गर्नुपर्ने बताए । उनले भने– ‘चितुवाले आफ्नो गतिमा दौडिन छोड्यो भने उसलाई भोकै बस्नुपर्छ, त्यो हाल तपाईहरुको नहोस् ।’ नेपाल टेलिकम उत्पादनको हिसाबले दोस्रो स्थानमा छ बताउँदै मन्त्री बास्कोटा ४ हजार २ सयको पल्टनले पहिलो स्थान पाउनका लागि गतिलो काम गर्नैपर्छ ।

कार्यक्रममा बोल्दै उनले नेपालमा एक वर्षभित्रै फोरजी सेवाको विस्तार देशभरी गरिने जानकारी दिए । यसका लागि देशभर फाइबर ओछ्याउने कार्य भईरहेको बताए । फाइबर ओछ्याउनका लागि नेपाल टेलिकमलाई प्रदेश १, प्रदेश २ र प्रदेश ३ को जिम्मा दिइएको छ भने गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा अन्य कम्पनीले यो काम गरिरहेको उनले बताए । यदि ती कम्पनीहरुले राम्ररी काम गर्न सकेन भने बाँकी प्रदेशको फाइबर ओछ्याउने काम नेपाल टेलिकमलाई नै दिइने मन्त्री बास्कोटाले बताए ।

कमेन्ट गर्नुहोस्