पाकिस्तानमा ठूलो विष्फोट, २० को मृत्यु, ४८ घाइते

इस्लामाबाद, पाकिस्तानको क्वेटा शहरमा भएको एउटा ठूलो विष्फोटमा २० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, ४८ अन्य घाइते छन भने घाइतेहरुमा कतिपयको अवस्था चिन्ताजनक रहेको छ ।

पाकिस्तानी पत्रिका डनले जनाए अनुसार, विष्फोटका कारण वरिपरिका घरमा समेत क्षति पुगेको छ । विष्फोट क्वेटाको हजारगन्जी क्षेत्रमा भएको हो ।

विष्फोटको लक्ष्य हजारा समुदाय रहेको डनले जनाएको छ ।

प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन ।

क्वेटामा हजारा समुदायमाथि बारम्बार आक्रमण हुँदै आएको छ । गत वर्ष राष्ट्रिय मानवाधिकार आयोगले जारी गरेको रिपोर्टमा वर्ष २०१७ मा मात्रै उक्त समुदायका ५०९ जनाको हत्या भएको थियो ।

कमेन्ट गर्नुहोस्