धनगढीमा हाफ म्याराथन प्रतियोगिताको तयारी पूरा

धनगढी, चैत ३० । नयाँ वर्ष अर्थात् आउँदो बैशाख १ गतेका दिनअब धनगढी दौडिन्छ हाफ म्याराथन दौड प्रतियोगिता आयोजना हुँदैछ। पर्यटन र खेल विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ हरेक वर्ष हुँदै आएको प्रतियोगिता यस वर्ष पनि हुन लागेको हो। प्रतियोगिताको यो छैंठौ संस्करण हो। आयोजक धनगढी जेसिजले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ।

प्रतियोगिताका संयोजक लोकराज भट्टले प्रत्येक वर्ष झै यो वर्षपनि हाफ म्याराथन प्रतियोगिता तयारी पूरा भएको जानकारी दिए।धनगढी रंगशालाबाट सुरु हुने दौडा प्रतियोगिता २१ दशमलव १ किलोमिटरको हुने छ। प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले गर्ने छन्।

प्रतियोगितामा ३वट विधाहरु समावेश गरेको संयोजक भट्टले जानकारी दिए। उनले २१ दशमलव १ किलोमिटरको खुला दौड, ५ किलोमिटरको कर्पोरेट र संचार त्यस्तै ५ किलोमिटरकै ट्राइसाकल रेस आयोजना गरिने बताए।

बैशाख १ गते सबैरे अब धनगढी दौडिन्छु भन्ने मूल नाराका साथ हुने प्रतियोगिताले स्वास्थ्यका साथै खेलकुदको विकासमा पनि सहयोग पुग्ने मिडिया संयोजक खेमराज उपाध्ययाले बताए। दौड प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५, दोस्रोले ३३ हजार ३ सय ३३ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउनेछन्।

त्यस्तै कर्पोरेट र संचारतर्फ प्रथम, द्वितीय र तेस्रो हुनेले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक धनगढी जेसिजका अध्यक्ष नरेन्द्रराज अवस्थीले जानकारी दिए। यो समाचर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

 

कमेन्ट गर्नुहोस्