कार दुर्घटनामापरि ३ जनाको मृत्यु

सुनसरी, चैत ३० । सुनसरीको धरानबाट इटहरीतर्फ आउँदै गरेको कारले ट्याक्टर र बसलाई शुक्रवार राति ११ बजे सेउती पुल नजिक ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । धरानबाट इटहरीतर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ बसलाई ठक्कर दिँदा कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा कार चालक, ट्याक्टर चालक गम्भीर घाइते भएका छन् । यस्तै ट्याक्टर चालक रामकुमार चौधरी पनि घाइते भएका छन् । दुवैको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ज्यान जानेमा इटहरी ५ का अनिल श्रेष्ठ, महालक्ष्मी नगरपालिका धनकुटा जनक बुढाथोकी र इटहरी ४ का मदन लिम्बु रहेका छन् । बसमा सवार अन्य चार चना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्