तिनाउ नदीमा डुबेर एक जना किशोरको मृत्यु

बुटवल, चैत ३० । बुटवलको तिनाउ नदीमा डुबेर एक जना किशोरको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्नेक्रममा बुटवलका १६ वर्षीय सिद्धार्थ शाक्यको ज्यान गएको हो ।

उनी बुटवलको चाँदबारीमा बस्दै आएका थिए । ९ जना साथीहरुसँगै रमाइलोसँगै घुम्न भनेर निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माविबाट भर्खरै एसईई दिएको बताएको छ । उनको खोलामा डुबेर ज्यान गएको दोभान प्रहरी प्रहरी निरीक्षक एक बहादुर नेपालीले बताए ।

‘साथीहरुसँग घुम्न गएका रहेछन् फोटो खिच्न खोलामा पुगेको बेला पानीको भूमरीमा परेपछि साथीहरुले निकाल्न नसक्दा उनको ज्यान गयो,’ स्थानीय उद्धारकर्ता बिष्णु पाण्डेले तिनाउमा केहिदिन अघिपनि पौडी खेल्नेक्रममा चितवनबाट धुम्न आएको एक जनाको ज्यान गएको बताए ।

कमेन्ट गर्नुहोस्