प्रधानमन्त्रीः सम्बोधनमार्फत नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिने

काठमाडौं, बैशाख ०१ । नयाँ वर्ष–२०७६ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ७ बजे देशवासीका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको सल्लाहकार समूहले २० मिनेटको सम्बोधनका लागि करिब दुई हजार शब्दको लिखित मस्यौदा तयार पारेको छ । ‘प्रधानमन्त्रीज्यूले सम्बोधनमार्फत नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुनेछ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने ।

३ फागुन, ०७४ मा प्रधानमन्त्रीमा निर्वाचित ओलीले गत वर्ष पनि १ वैशाखमा मुगुको रारातालबाट देशवासीका नाममा सम्बोधन गरेका थिए । एक वर्षअघिको सम्बोधनमा सरकारका योजना र प्रतिबद्धता सार्वजनिक गरेका प्रधानमन्त्रीले आइतबारको सम्बोधनमा सरकारले एक वर्षमा गरेका मुख्य कामको संक्षिप्त विवरणसहित आगामी दिनका प्रतिबद्धता र सरकारका भावी गन्तव्य प्रस्ट्याउने प्रधानमन्त्रीनिकट स्रोतले जनायो । प्रधानमन्त्रीको सम्बोधनले आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटलाईसमेत दिशानिर्देश गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्