यूभेन्ट्सले उपाधि उचाल्ने मौका गुमायो

काठमाडौं, वैशाख ०१ । स्पालसँग २–१ गोलअन्तरले पराजित भएपछि यूभेन्ट्सले इटालिएन सिरी ए फुटबलको उपाधि आठौं पटक उचाल्ने मौका गुमाएको छ । क्रिस्टियानो रोनाल्डोको टोली यूभेन्ट्सलाई यस सिजनको सिरी ए को उपाधि उचाल्न खेलमा बराबरी गर्दै एक अंक बटुले काफी हुन्थ्यो तर शनिबार राति स्पालसँगको पराजयसँगै यूभेन्ट्सले उपाधिका लागि अझै कुर्नुपर्ने भएको छ।

मोसे किनले यूभेन्टसलाई ३० औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए तर ४९ औं मिनेटमा केभिन बोनिफाजीले हेडर गोल गर्दै खेलमा बराबरी गरे। ७४ औं मिनेटमा ३७ वर्षिया सर्जि फोल्कारीले स्पालका लागि निर्णायक गोल गरेका थिए। यूभेन्ट्सले रोनाल्डोलाई यस खेलमा भने आराम दिएको थियो। यस खेलमा पराजय भएपनि यूभेन्ट्स सीरि एमा दोस्रो स्थानको नापोली भन्दा २० अंकले अघि छ।

कमेन्ट गर्नुहोस्