आज बिहानै भूकम्पको धक्का

काठमाडौं, बैशाख ०२ । बझाङ केन्द्र केन्द्रबिन्दु बनाएर सोमबार बिहानै ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । सोमबार बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ भएको केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले जानकारी जानकारी दिए । आसपासका जिल्लासम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

कमेन्ट गर्नुहोस्