सिटी र लिभरपुलले जित हात पारेसँगै लिगको उपाधि होड रोचक

काठमाडौं, बैशाख ०२ । लिभरपुल र म्यानचेस्टर सिटीले आइतबार राति आ आफ्नो खेलमा जित हात पारेसँगै इङ्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको छ। आइतबार राति लिभरपुलले चेल्सीलाई २-० गोलअन्तरले पराजित गर्‍यो भने सिटीले क्रिस्टल प्यालेसमाथि ३-१ को जित हात पार्‍यो जितसँगै ३४ खेल खेलेको शीर्षस्थानको लिभरपुलको ८५ अंक भएको छ। एक खेल कम खेलेको सिटीको ८३ अंक छ।

लिगमा लिभरपुलले अब ४ तथा सिटीले ५ खेल खेल्न बाँकी रहेका बेला यी दुईबीच उपाधिको प्रतिस्पर्धा कडा देखिन्छ। कुनै एक खेलमा हारले पनि एउटा टोलीलाई उपाधि होडबाट बाहिर्‍याई दिने अवस्था बन्न सक्ने देखिन्छ।

मोहम्मद सलाह र साडियो मानेको गोलबाट लिभरपुलले चेल्सीमाथि जित हात पार्दै सिटीसँग २ अंकको अन्तर बनाएको हो। यता क्रिस्टल प्यालेसविरुद्ध जित निकाल्ने क्रममा सिटीका रहिम स्ट्रर्लिङले २ तथा ग्याब्रियल जिससले १ गोल गरेका थिए। प्यालेसका लुका मिलिभोजिभिकले एक गोल फर्काएका थिए।

कमेन्ट गर्नुहोस्