सशस्त्र प्रहरीसँग अमेरिकी सेनाको पहिलो संयुक्त अभ्यास

काठमाडौं, वैशाख ०२ । अमेरिकी सेनाका सैनिक तथा सशस्त्र प्रहरी बल, नेपालका सदस्यहरूले पहिलो प्राथमिक उपचारसम्बन्धी ज्ञान आदानप्रदानका लागि सहकार्य गरेका छन्। चैत २५ देखि २९ गतेसम्म सञ्‍चालित साताव्यापी विषयविद् आदानप्रदान युएस स्पेशल अपरेशन्स कमान्ड–प्यासिफिक र सशस्त्र प्रहरी बलबीचको नयाँ साझेदारीको सुरुवात भएको हो।

उक्त हैसियतमा यी दुई निकायले सहकार्य गरेको यो पहिलो पटक हो। सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा सञ्‍चालित आदान प्रदान कार्यक्रमले उपचार तथा विपद् प्रतिकार्य सम्बन्धी अनेक विषयवस्तु समेटेको एपीएफले जनाएको छ। नेपाल खवरबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्