नेपालको फराकिलो जीत, ओमान १५० रनले पराजित

काठमाडौं, वैशाख ३ । अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनौट खेलमा नेपालले ठूलो जीत हात पारेको छ ।

आज ओमानसँग भएको खेलमा नेपालले ओमानलाई रनले पराजित गर्दै विश्वकप प्रतियोगितामा आफ्ना आसा कायमै राखेको हो ।

नेपालले आक्रामकरुपमा खेल्दै ओमानसमक्ष जीतका लागि २ सय ३० रनको लक्ष्य राखेको थियो ।

जवाफी ब्याटिङमा ओमानका खेलाडीहरु नेपाली बलरसामु टिक्न सकेनन । ओमान ७९ रनमा समेटियो । नेपालले ४४.१ ओभरमा ओमानका सबै खेलाडीलाई आउट गर्न सफल भयो ।

प्रतिश जिसीको आक्रामक इनिङ पश्चात नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको थियो ।

क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन जोड्यो । अन्तिम विकेटका लागि प्रतिशले २३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई सो स्कोरमा पुर्‍याएका हुन् । त्यसअघि रोहित पौडेलले ७५ रन जोड्दै नेपालको इनिङ अघि बढाएका थिए। ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

जारी विश्वकप छनोटमा नेपालसहित ६ राष्ट्रले सहभागिता जनाएका छन् । सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्ष स्थानमा हुने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू९१९ विश्वकपमा छनोट हुनेछ।

हाल नेपाल नेपाल ३ खेल खेलिसक्दा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। त्यतिनै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो ।

तुलनात्मक रुपमा यस छनोटमा नेपाल बलियो मानिएपनि यूएईविरुद्धको खेलमा वर्षाले विथोलेपछि नेपाल डिएल म्याथडका आधारमा एक रनले पछि परेको थियो । उक्त खेलमा नेपालले २ अंक गुमाएपछि यूएईको विश्वकप छनोट हुने सम्भावना बढेको छ ।

 

कमेन्ट गर्नुहोस्