प्रधानमन्त्री निवासमा करोडको सिसिक्यामरा

काठमाडौंश्र बैशाख ०४ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यको सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा जडानका लागि एक करोड रकमान्तर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसबाहेक विभिन्न सडक आयोजनाका नाममा बढी रकम रकमान्तर भएको हो ।

अर्थ मन्त्रालय बजेट खर्च बढाउने सन्दर्भमा चैतपछि रकमान्तरका लागि उदार हुने गर्छ । चालू आर्थिक वर्षको फागुनमा १८ अर्ब रकमान्तर गरेको मन्त्रालयले चैतमा करिब नौ अर्ब रकमान्तर गरेको हो । दुई साताअघि नयाँ पत्रिकासँगको कुराकानीमा अर्थमन्त्री डा। युवराज खतिवडाले भौतिक निर्माणले गति लिएका आयोजनामा अब रकमान्तर गरेर भए पनि रकम जोहो गरिने बताएका थिए ।

प्रदेश २ र ५ मा आपत्कालीन गोदाम घर
अर्थ मन्त्रालयका अनुसार वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश २ र ५ मा आपत्कालीन गोदाम घर निर्माण गर्न एक–एक करोड रकमान्तर भएको छ । ५ वैशाखबाट औपचारिक रूपमा सुरु हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १५ करोड रकमान्तर निकासा भएको छ ।

प्रधानमन्त्रीको जिल्लामा २० करोडका सडक आयोजना
तराई–मधेस सडक पूर्वाधार आयोजनाअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा विभिन्न आयोजनाका नाममा २० करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । अर्थ मन्त्रालयका अनुसार झापाको लक्ष्मीपुर–घैलाडुब्बा सडकका लागि पाँच करोड, झापाचोक–भद्रपुर–बिर्तामोड सडकका लागि १० करोड र अल्टाबारी–गौरीगन्ज–पाडाजुँगी सडकका लागि पाँच करोड रकमान्तर भएको तथ्यांक छ । तराई–मधेस सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत नै तिनाउ–दानव नदी करिडोरका लागि १५ करोड रकमान्तर भएको छ । झापामै औद्योगिक क्षेत्रको मुआब्जाका लागि १० करोड रकमान्तर भएको छ ।

समयमा नतिरेको सवारी कर पनि बजेटबाटै भुक्तानी
अर्थ मन्त्रालयले गृह मन्त्रालयका नाममा सवारीसाधनको २३ लाख २८ हजार कर भुक्तानीका लागि रकमान्तर निकासा स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम गृहले सवारीसाधनको समयमै कर नतिरेका कारण पर्न गएको अतिरिक्त भार हो । आगामी दिनमा यसरी जरिवाना तिर्ने गरी गल्ती दोहोर्‍याएमा व्यक्ति नै जिम्मेवार हुने सर्तमा अहिलेका लागि रकम स्वीकृति दिइएको जनाएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई ५० करोड
व्यापारिक मार्ग विस्तार आयोजना र काठमाडौं उपत्यका सडक विस्तारमा खर्च गर्ने गरी काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई ५० करोड रुपैयाँ रकमान्तर दिइएको अर्थले जानकारी दिएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत नै उपत्यकाका सडकमा खर्च गर्ने गरी थप ४० करोड रकमान्तर निकासा गएको छ । बन्चरेडाँडास्थित ल्यान्डफिल साइटसम्मको पहुँचमार्ग निर्माण गर्नसमेत काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई ११ करोड रुपैयाँको रकमान्तर निकासा दिइएको छ ।

सडक आयोजनाको प्रगति
अर्थ मन्त्रालयका अनुसार रणनीतिक सडक पुनस्र्थापना तथा सुधार आयोजनाका लागि बाग्लुङ, गुल्मी र पवर्तमा खर्च गर्ने गरी १२ करोड रुपैयाँ रकमान्तर भएको छ । पूर्वतर्फ इलामका विभिन्न आयोजनाका लागि २० करोड रकमान्तर दिइएको छ । रणनीतिक सडक पुनस्र्थापनाअन्तर्गत नै ललितपुरमा १० करोड थप बजेट रकमान्तर गरिएको छ । पुष्पलाल राजमार्ग ९मध्यपहाडी० आयोजनाका लागि सर्वाधिक दुई अर्ब ४० करोड रकमान्तर निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ । गुल्मीको बलेटक्सारमा निर्माण हुने रिङरोडका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट पाँच करोड थप निकासा गरिएको अर्थ मन्त्रालयको तथ्यांक छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

कमेन्ट गर्नुहोस्