थपलियाविरुद्ध ६ उजुरी, संसदीय सुनुवाइ हुँदै

काठमाडौं, बैशाख ०४ । निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाका विषयमा आज ९बुधबार० संसदीय सुनुवाइ हुने भएको छ। उनका विषयमा विभिन्न उजुरी परेपछि दिउँसो २ बजे सुनुवाइ हुने भएको हो।

त्यसअघि अहिले बिहान ११ बजे उजुरीकर्ताहरूसँग छलफल गरिने संसदीय समितिले जनाएको छ। प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध कर्मचारी समायोजन, स्थानीय विकास मन्त्रालयमा हुँदा बजेट नदिएको विषयसँग जोडिएका ६ उजुरी परेका छन्।  यो समाचार नेपालखबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्