बजारमा ह्वात्तै हट्यो सुनको भाऊ

काठमाडौं, वैशाख ४ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै घटेर सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुन ५९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार बजारमा चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ ।

मंगलबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्