मेची–महाकाली सफाई अभियानको शुभारम्भ

काठमाडौं, वैशाख ४ । बागमती सफाई महाअभियानको प्रेरणाबाट हामीले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भन्ने ‘स्वच्छता मेरो पहिचान सफाईमा मेरो योगदान’ भन्ने मुल नाराका साथ विगत वर्षदेखि बिर्तामोड सफाई अभियान संचालन हुदै आएकोमा बिर्तामोड सफाई अभियानका अभियन्ताहरुको पहलमा ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई सफल बनाउनको लागी नेपाल सफाई वर्ष घोषणा गरी बुधबार एक कार्यक्रमका बिच नेपाल–भारत सिमानाको मेचिपुलबाट मेची महाकाली सफाई अभियान शुभारम्भ गरिएको छ ।

मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यको प्रमुख आतिथ्यमा सफाई अभियान सम्पन्न भएको छ ।

उक्त अभियानमा मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेती, झापा ट्राफिक प्रहरी प्रमुख नारायण आचार्य, सशस्त्र प्रहरी बल काकडभिटटा प्रमुख राजेश घिमिरे ट्राफिक काकडभिटटा ट्राफिक प्रहरी प्रमुख कालिदास रेग्मी बिर्तामोड सफाई अभियानका संयोजक विष्णु आचार्य, नेपाल रेयूकाईका लिडर्स एवं सफाई अभियन्ता भरत बस्नेतको उपस्थितिमा अभियानमा मुख्य भुमीका नेपाल रेयूकाई, कृयटिभ नेप्लिज, यूथ नेप्लिज टिन्स, झापा हाम्रो नेपाल फाउन्डेशन, ओम शान्ति, सामुदायिक प्रहरी लगायत स्थानिय नागरीक समाज बिभिन्न संघसंस्थाको सहभागीतामा आयोजना भएको थियो ।

उक्त सफाई अभियानलाई बुधबार पूर्वको नेपाल भारत सिमाना मेचीपुलबाट शुरुवात गरीएको छ, यो अभियानलाई पूर्वबाट पश्चिम महाकाली सम्म फैलाउँदै जाने लक्ष्य यो अभियानले लिएको छ हरेक बुधबार यो अभियान संचालन हुने छ कार्यक्रममा बोल्दै मेयरले सफाई अभियान मानव जीवन पद्धतिसँग ज्यादै महत्व राख्ने भएकाले यो अभियानमा नगरपालिकाले महत्वका साथ सहभागी हुने प्रतिबद्धता जनाएका थिए ।

सोही कार्यक्रममा अभियन्ताहरुबाट नेपाल सरकार सामान्य प्रशासन तथा संघीय मन्त्रालयले तयार गरेको नदी तथा सार्वजनिक स्थलको सफाई कार्यविधि २०७५ लाई मेयरलाई हस्तान्तरण गरिएको थियो । उत्प्रेरकको रुपमा कार्यक्रममा बिर्तामोड सफाई अभियन्ताहरुबाट आ आफनो बिचार राखेका थिए भने बिर्तामोड सफाई अभियानको १४९औं हप्ता पूरा भइसकेको छ ।

यी अभियानमा नेपाल रेयूकाईको सक्रिय भूमिका रहँदै आएको छ । आगामी दिनमा यी र यस्ता अभियानलाई देश ब्यापी बनाउँदै जाने योजना रहेको छ ।

कमेन्ट गर्नुहोस्