‘नेपाली सम्पदामा सम्बर्द्वन र संरक्षणको कमी

अहिले नेपाल साँस्कृतिक रहनसहन, सीप, कला संस्कृतिले मात्र होइन, प्राकृतिक सम्पदाले पनि विश्व सामू चिन्हाएको छ । यही प्राकृतिक सुन्दरतालाई अनुभव वा हेर्न नेपालमा लाखौं विदेशी तथा आन्तरिक पर्यटकहरु आउने क्रम बढ्दो पाइन्छ ।

विदेशी पर्यटकहरू यहाँको प्राकृतिक, सामाजिक, धार्मिक र प्राचीन साँस्कृतिक कला महत्वका साथ सम्पदाहरू अवलोकन गरेर जाने गर्दछन् । यही सम्पदाहरु अहिले नेपालको सबैभन्दा बढी आम्दानीको श्रोत बन्न पुगेको छ । सोही प्राकृतिक र साँस्कृतिक मुल्य मान्यतालाई जीवन्त राख्न हरेक वर्ष विश्व सम्पदा दिवस नेपालमा धूमधामका साथ मनाउने गरिन्छ ।

हालसम्म नेपालका विश्व सम्पदा सूचीमा १० वटा सम्पदाहरु पर्न सफल छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक, साँस्कृतिक संगठनले सन् २००० जुन ९ मा प्रकाशन गरेको विवरणमा विश्वका ११८ देशका जम्मा ६३०मध्ये नेपालका १० वटा विश्व सम्पदा सूचिमा समेटेको थियो ।

सन् १९८२ देखि सुरू गरिएको उक्त दिबस हरेक अप्रिल १८ मा मनाउने गरिन्छ । विश्वमै उदाहरणीय र अतुलनीय रूपमा आफ्नै महत्व बोकेका ऐतिहासिक स्थलहरूलाई आगामी पूर्खाहरूका लागि सदा जीवित राख्ने उद्देश्यले यो दिवस मनाउन थालेको हुँदा यसलाई नारा र भाषणमात्र नरहि बहस र कार्यान्वयनकै बिषय बनाउनुपर्ने देखिएको छ ।

किनकी नेपालमा रहेका कति सम्पदाहरु अहिले भग्नावशेष अवस्था त कतिको दयनीय क्षति रहेको हुदा उचित मर्मत सम्भारको कमीले अवशेष मेटिने खतरा बढ़ी देखिएको छ । यसको मुल कारण वि.सं. १९९० र २०७२ सालको विनाशकरी भूकम्प, दैवी प्रकोप साथै राजनितिक आन्तरिक युद्धले पनि वर्र्षौंदेखिको मर्मत सम्भार नभई जीर्ण हुनु र हराउनु पनि रहेको छ । यी क्षति भएका कारण अबका आगामी पिढी लाई इतिहास बताउनुपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले यसको बेलैमा सम्भार गर्न सक्नुपर्दछ ।

प्राकृतिक सम्पदा अहिले राजधानी उपत्यकामा मात्र खुम्चिनु वा त्यहाँको लागिमात्र ठान्नु गलत हुन्छ देशका हरेक क्षेत्रमा उत्तिकै महत्व राख्दछ । जसले विदेशी एवं स्वदेशी पर्यटक भित्र्याउन मद्दत गर्ने र आम्दानीका श्रोतको पहिचान,सिप कलाको विकासमा समेत टेवा पुर्याउने गर्दछ ।

इतिहास साक्षी होला नेपाल अहिलेमात्र होइन विगतदेखि नै पुराना साँस्कृतिक सम्पदा, चाडपर्व, कला, प्राकृतिक धरोहरको अलगै नमुना पेश गर्न विश्व सामू परिचित छ।

इतिहासका कालखण्डमा थुप्रै आरोह अवरोह नेपालले पार गरेको छ, दैनिक समाचारमा एेतिहासिक सम्पदा, मूर्तिहरु चोरी निकासी बिक्री बितरण भएको सुनिन्छ तर अझैसम्म कसैको दण्ड सजाय भोगेको पाईदैन । हामी आफ्ना सम्पदाहरु दिनानुदिन लिलाम भएको टुलुटुलु हेरेर बस्ने गरेका छौ ।

केही दिनअगाडि पंक्तिकार दुबईको ठुलो व्यवसायिक मलमा (गिनिज वर्ल्ड रेकर्ड, विश्वकै सबै भन्दा ठुलो दुबई सपिंङ मल) जाँदा त्यहाँ अमेरिकाबाट संसारमै लोप भएको डायनासोरको कंकाल लिएर राखेको देखियो । यो त्यहाँ राख्नुको कारण हो पर्यटक प्रवद्र्धन र संरक्षण ! जसका कारण दुबईले आर्थिकस्तर माथि उकासेको छ । यहाँ यो जोडन खोजीएको हो की हामी नेपालमा भएको सम्पदाको संरक्षण गर्न सकेका छैनौं तर बिदेसीहरु आफुसँग नभएपनि बाहिरबाट ल्याएर आफ्नो सम्पदा ठानी मनग्य आम्दानी गरेका छन् । यसबाट पनि सिकन आवश्यक छ या संग्रालयको विधि अपनाएर पुराना खराब वस्तु जो बहुमूल्य छन् त्यस्ता चिजको ब्यस्थापन गरेर पनि आर्थिक लाभ लिन सकिन्छ ।

नेपालमा रहेका मठमन्दिर अहिले टेकोको भरमा अड़किएको छ, धरहरा बन्ने–नबन्ने ठेगान छैन, भएका सम्पदाहरु कुनै गुठीको भर त कोही ब्यक्तिगत स्वार्थमा मागी खाने भाँडो भएको छ।सरकारले यसमा ध्यान दिन सकेको छैन।हामी नया नया गन्तब्य खोजी रहन सकेका हुदैनौं पुराना रितिस्थिति कलालाई ब्यबसायीक बनाउन चाहँदैनौं र भएका पनि लोप हुने अवस्थामा छन् ।

हो, अबपनि हामीले सधैं हाम्रा बहुधर्म, साँस्कृतिक चालचलन, पर्व, कला संस्कृति, भेषभूषा, बहुजाति, प्राकृतिक सम्पदालाई उचित सम्भार संरक्षण गर्न सकेनौं भने नेपाल इतिहासमा मात्र उल्लेख हुने र आगामी सन्ततिलाई कथा भन्ने अवस्थामा गुज्रिन बेर लाग्दैन । तसर्थ यस दिवसलाई नारा, भाषणमात्र नठानी बहसको बिषय समझेर हाम्रा सम्पदालाई उचित स्याहार र संरक्षण एवं डिजिटल प्रविधिमा अपडेट गरी अघि बढ्नु आवश्यक छ । जसले गर्दा नेपाललाई विश्वसामू छुट्टै पहिचान दिलाउन र आर्थिक, सामाजिक स्तरमा धनि बनाउन मद्दत पुग्ने देखिन्छ ।

सचिन्द्र श्रेष्ठ

कमेन्ट गर्नुहोस्