बाग्लुङ जीप दुर्घटनाका घाइतेलाई परिवार दलको सहयोग

काठमाडौं, वैशाख ४ । दुई महिनाअघि बाग्लुङ जिल्लाको जैमनी नपा वडा नं ८ छिस्तीमा भएको जीप दुर्घटनामा परि गम्भिर घाइते भएकी सम्झना पुनको उपचारमा नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ ।

घाइते पुनको बाँसबारी स्थीत वेलनेस हस्पीटलमा उपचारत छिन् । नेपाल परिवार दलका अध्यक्ष एंव्म पूर्वमन्त्री एकनाथ ढकालले मंगलबार अस्पातालमै पुगेर घाइते पुनका दाजु गंगाबहादुर पुनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । दलले पुनको उपचारको लागि ३० हजार रुपैयाँ सहयोग गरेको छ ।

पुनको उपचारमा संमलग्न डा. हिरा गिरीका अनुसार पुनको स्वास्य सुधारोन्मुख रहेको सामान्य हिँड्न बोल्न थालेको तथा पुराना कुराहरु सम्झन थालेको बताउँदै उनलाई अझै एक महिना अस्पतालमै राखेर फिजियोथेरापी लगायतको विधिबाट उपचार गर्नुपर्ने बताईन् ।

आर्थिक अवस्था कमजोर भएको पुनको परिवारलाई उपचारको लागि विदेशबाट र केही सहयोगी मनहरुले सहयोग गरेको बिरामीका दाजु गंगाबहादुर पुनले बताए । रकम हस्तान्तरण गर्न नेपाल परिवार दलका महामन्त्री विनोद डाँगी प्रवत्ता सन्तोषकुमार पौडेल र केन्द्रीय सदस्य मनोज सुर्खेतीसहित पुगेका अध्यक्ष ढकालले बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गदै दलको तर्फबाट थोरै सहयोग गरेपनि यो दलको तर्फबाट सद्भाव भएको बताए ।

कमेन्ट गर्नुहोस्