के हो राजनीति ?

राजनीति भनेको राज्यको नीति, ब्यवस्थालाई ठीक गरी जनताको लागि अन्य देशप्रतिको कुटनैतिक आदी सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो । देशका कुनैपनि पार्टीले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ ।

जनतालाई राजनीतिक दलले जब वेवास्था गर्ने गर्दछन, त्यसपछि राजनीति सदाको लागि समाप्त हुन् । जनताको संघर्षको प्रतिफल दिन नसकेका राजनीतिक दलको औचित्य हुँदैन । नेपाली जनता ठाउँको माथि टेकेर धेरै पटक–पटक राजनीतिक दलले राजनीति गरी व्यक्ति स्थापित हुने परिपाटीले गर्दा देशमा चाहे जति विकास हुन सकेन र राजनीति पनि जनताको लागि नभई ब्यक्तिको लागि मात्र भयो ।

फलस्वरुप जनताको लागि भनेर गरिएको राजनीतिले जनताले प्राप्त गर्नुपर्ने सवै सेवा सुविधा अहिलेसम्म पनि प्राप्त गर्न सकेनन् । जसको कारण जनताको संघर्ष रित्तो भईरहेको छ । जनता र राजनीतिक दलको सम्बन्धमा सधै सुमधुरसहित प्रगाढ हँुदै जानुको साटो झन विग्रदैं गईरहेको छ । राजनीतिक दलले सत्तालाई रखाएन बनाएका कारण नेपाली जनता झन पछाडी पढ्दै गईरहेका छन् । सत्तामा पुग्दासाथ निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्नुभन्दा मौका छोप्ने अवसरको रुपमा लिई अकुत सम्पत्ति आर्जन गरी अनैतिक कृयाकलापमा संलग्न हुने गरेका छन् । आफुले गरेको कामहरु कति राम्रा छन ? कति नराम्रा छन ? भन्ने कुरा छुट्टाउन नसक्दा राजनीतिक दल जनतामाझ आलोचित हुनुपरेको छ ।

सत्तामा आसिन राजनीतिक दलले बन्दुक र शक्तिको आडामा जनताका आवाजहरु बन्द गर्नेसम्मका प्रयासहरु गर्दै आईरहेका छन् । सरकारी ढुकीकुटलाई आफ्नो पुर्खाको सम्पत्ति ठानी राष्ट्र, राष्ट्रियता, स्वाभिमान लत्याउँदै जनताभन्दा पनि जीवनको लागि पार्टीलाई सञ्चालन गर्दै आइरहेका छन । राजनीतिलाई अस्वस्थ्य आर्थिक कुल्याउने प्रतिस्पर्धाको रुपमा लिईने गरिएको छ । प्रहरी प्रशासनको भरमा जनतामाथि ताण्डव मच्चाउने कामसमेत गर्दैं आएका छन् । जनताको लागि रजानीति दल कहिल्यै पनि जिम्मेवार भएनन् ।

आफू अनुकुलतामा काम गर्दै आए । पारिवारिक झमेलामा अल्झिएरै काहीँ न काहीँ भ्रष्टाचारमा लिप्त हुन पुगेका छन । सत्ताको बागडोर समाल्दा आफु र जनता गरी दुई प्रकारको विभेदकारी दृष्टिकोणले हेर्ने गरिएको छ । सबैलाई हेर्ने समान दृष्टिकोण बनाएको भए आज जनता एक आपसमा विभाजित हुनुपर्ने परिस्थिति आउने थिएन । देशको विकास पनि समग्र रुपमा नभई विभाजित रुपमा विकास गर्ने गरिकालाई आत्मसाथ गरियो । जसले गर्दा जनतालाई अनुभव हुने गरी समान विकास हुन सकेन । राजनीतिक दलले जनताको लागि राजनीति गर्नु गर्नु पर्छ, भन्ने मानसिकता बनाउन सकेनन् । राज्य नेतृत्व कर्ताले आफ्नो दायित्व बहन गर्न सकेन । जनताको लागि लोकप्रियता भन्दा पनि आफ्न्तजनको लागि मात्र लोकप्रिय बन्नु पुगे ।

आफ्न्तवादको नारा र कामले गर्दा जनतालाई भड्काउने राजनीतिको सुरुवात गरे । जनताको झुपडीसम्म पुगेर भन्दा पनि ठुला महलहरुमा बसेर विकासका योजनाहरु बनाउन लागे । महलमा बनाईएका योजनाले जनताका आधारभूत आवश्यकताको पहिचान हुन सकेन । जसले गर्दा राज्य सत्ताप्रति सधै जनताको घृणा उब्जिन पुगको छ । सडकदेखि सदनसम्म विरोधका आवाज उठ्ने गरेका छन । राजनीतिक दल र जनताबीच अविश्वासको वातावरणको खाण्डल बढदैं गएकाले जनता र राजनीतिक दल एकआपसका परिपुर साधन जस्तै हुन सकेनन् ।

राजनीतिक दलले जनतालाई कहिल्यै पनि पूरा गर्न नसक्ने झुट्टा आश्वासन मात्र बाँढेका कारणले जनता र रजनीतिक दलको विश्वासलाई दिन प्रतिदिन धरासायी बनाउँदै गए । अविश्वासका कारण जनता खुसी, सुखी र सम्पन्न हुन सकेनन् । जनताको लागि राम्रो सोच र प्रभावकारी नीतिलाई राजनीतिक दलले आत्मसाथ गर्नुपर्दछ ।

सत्ता र शक्तिको भरमा जनतामाथि गरिएको राजनीतिले आफैलाई थप्पड लगाउने गर्दछ । उनीहरुले प्रयोग गर्ने हतियार परपर्दो निशाना नभई अधुरो र अपुरो युद्ध हुन पुग्दछ । राजनीतिक दलले गदैं आएको ज्यादतिले गर्दा जनताले धेरै दुःख पाईरहेका छन् । जनताले इमानदार निष्ठाको राजनीति गर्ने राजनीतिक दल पाएनन् । सत्ताको संयन्त्रले जव जनतामाथि जसरी शक्ति प्रदर्शन गर्न खोजिन्छ, त्यसबेला जनताले त्यो शक्ति प्रदर्शनलाई सहन सक्दैनन् । त्यसैको परिणाम देशमा समय–सयमा सडकबाट गरिएको आन्दोलनले सत्ता ढल्ने गरेको छ । जनताको आक्रोसित आन्दोलनले नीतिले अन्ति अस्त्र प्रहार गर्ने हुँदा त्यो प्रहारलाई जो कसैले पनि रोक्न सक्दैनन् ।

जनताको जनमतलाई पुरा गर्ने बाचाका साथ जिम्मेवारी वहन गरेका राजनीतिक दलले ब्यक्तिगत फाईदाको लागि गरिएको सत्ता समिकरण धेरै दिन टिक्दैन र दीर्घकालिन फाईदा कसैलाई गदैन । जनतामाथि नाङ्गो खेल खेलेर राजनीतिक दलले सन्तुष्टि सहित मजा लिने होईन । सिङ्गो जनतालाई राजनीतिक दलले आफुसँगै रिजाउनु भिजानु लाग्नुपर्छ । राजनीति भनेको जनताको सर्वोच्च शक्ति हो । राजनीतिक दलले त्यो सम्पूर्ण शक्तिलाई ग्रहरण गरी सबै शक्तिलाई जनताको लागि परिचालन गरिनुपर्दछ । राजनीतिलाई जनतामुखि बनाउनु पर्छ । राजनीतिक दलले जनता माथि भएको अन्याय र अत्यचारको अन्त्य गरी गलत राजनीतिको बाटो छोड्नुपर्दछ ।

जनताका सल्लाह, सुझाव र गुनासालाई सबै राजनीतिक दलले सहजै स्वीकार गर्न सक्नुपर्छ । राजनीति जनताको न्यायको लागि स्वतन्त्र राजनीतिको अवश्यक हुन्छ । राजनीतिक दलले अवसर आएको समयमा जनतामाझ क्षमता देखाउनुपर्छ, शक्ति देखाउनुहुँदैन । मुल्यको राजनीति भन्दा पनि ब्यक्तिगत सफलताको राजनीतिको विश्वासले गदा जनता सधै दुःख पाउने गरेका छन । आदर्श र इतिहासको कुरा मात्र जनताको लागि राजनीति हुन सक्दैन । अब ती सवैको अत्य गरी विशुद्ध देश र आम जनताको लागि राजनीतिक दलहरुले राजनीति गर्नुपर्दछ ।

प्रेमबहादुर शाही

कमेन्ट गर्नुहोस्

error: Content is protected !!