डेथ ओभरमा ब्याटिङ गर्ने मूडमा प्रचण्ड

भीष्म थापा । समाचार टिप्पणी ।
आईपिलको रौनक छ । अधिकांश नेपालीहरु दिल्ली क्यापिटल्सको पक्षमा छन् । कारण त्यहाँ सन्दीप लामिछाने छन् ।

त्यसो त बिराट कोहली र महेन्द्रसिंह धोनीको टीमको पक्षधर पनि कम छैनन । कोहली भने धोनी भन्दा पछाडि नै होलान नेपालमा ।

आईपिएलको खेलमा बलर र ब्याट्सम्यानहरुका लागि डेथ ओभर निर्णायक मानिन्छ । डेथ ओभर अर्थात् २० ओभरको खेलका अन्तिम ओभरहरु । त्यसपछि गेम सकिन्छ । यी डेथ ओभर खेलमा जीत या हारका लागि निर्णायक मानिन्छन् । निर्णायक भएका पनि छन् ।

शुरुआती खेल राम्रो नभएपनि पछिल्लो ४ ओभरका खेलले कैयन टीमले आफ्नो अवस्था बदलेका छन् ।

आइपिएलको रौनकबीच नेपाली राजनीतिमा पनि समदृश्य देखिन्छन् । यहाँ पनि आईपिएल जस्तै टीम छन् । सबै खेलिरहेका । हरेकले जित्न चाहने । सत्तारुढ नेकपादेखि विप्लव, बाबुरामदेखि राप्रपासम्म । सबै खेलमा छन् । सबैले जित्ने रणनीति लिएका छन् । कसैले बढी रन बनाएका छन् । कोही पछाडि छन, र पनि जित्ने दावी गर्छन् ।

कुरा गरौं नेकपा को ।

नेकपा नेपालमा दुईवटा छन् । विप्लवले पनि नेकपा नै नाम दिएको छ आफ्नो पार्टीको । यता माओवादी केन्द्र र एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी अनि कोष्ठकमा नेकपा लेख्ने प्रचलन शुरु भएको छ । कुरा पछिल्लो नेकपाको हो ।

सत्तारुढ नेकपाभित्र अहिले आईपिएलजस्तै केही टीमहरु छन् । यहाँ बिराट कोहली जस्तै एउटा टीमको नायक ओली छन् । प्रधानमन्त्री केपी शर्मा ओली । आक्रामक कप्तान । उनलाई बिरोध सह्य छैन । उनले आलोचना पचाउँदैनन् । उनलाई जे सही लाग्छ त्यो नै ठीक हो । टीम हार्दै गएको समेत उनी विश्वास गर्दैनन् । उनलाई आफू कप्तान हो र कप्तानले हारे पनि त्यो जीत नै हो भन्ने लागेको छ । त्यसैले आम जनमानसमा चुलिएका आलोचनालाई उनी नकार्छन । उनी अस्वीकार गर्छन् ।

अर्को टीमको कप्तान प्रचण्ड छन् । प्रचण्डको पछिल्लो भूमिका हेर्दा उनी धोनी जस्ता देखिन्छन् । क्याप्टेन कूल ।

सरकारको टीमले गरिरहेको कुरामा उनको चित्त बुझेको छैन । सकेसम्म सरकारले राम्रो गरिदेओस भन्ने उनी चाहन्छन् । हरेक अभिव्यक्तिमा देशको विकास र समृद्धिबारे उनको चिन्ता देखिन्छ । किसानले धान उत्पादन गर्न नसकेको देखि शिक्षित युवाले रोजगार नपाएकोसम्म उनको चिन्ता छ । घोषणापत्र अनुरुप सरकारले गति नलिएकोमा उनको असन्तुष्टि छ । तर उनले समयलाई पर्खेका छन् । हतारमा पतार गर्नुहुन्न भन्ने उनले बुझेका छन् । नियत सही भए, टीम स्पिरिट मिले शुरुमा खराम प्रदर्शन भएपनि क्रिजमा टिकीराखे रन हान्न सकिन्छ भन्नेमा उनी विश्वस्त देखिन्छन् ।

प्रचण्डका लागि डेथ ओभरमा ब्याटिङ गर्नु अरु सबै टीमका लागि एउटा ठूलो चुनौती हो । किनभने प्रचण्डले अहिलेसम्म शीर्षमा रहेपनि या नरहेपनि नेपाली राजनीतिक क्रिकेटलाई दिशा दिएका छन ।

अर्कोतर्फ माधव नेपाल छन् । उनको टीममा सबै अलराउण्डर छन् । उनीहरुको रणनीति दीर्घकालिन देखिन्न । तत्कालका लागि समूहगत लाभका लागि कसरी ब्याटिङ या बलिङ गर्ने भन्नेमा मात्रै उनीहरु बढी केन्द्रीत देखिन्छन् । त्यसैले न ओली, न प्रचण्ड दुबै समूहका लागि उनी अविश्वसनीय पात्र हुन । उनले के खोजेका हुन भन्ने नै स्पष्ट छैन । कार्यदिशामा समस्या हो या संगठनात्मक प्रणालीमा हो ? त्यो बुझ्न गारो छ । यो समूह संख्यात्मक हिसाबले बलियो छ । तर यसको वैचारिकतबाारे शंका गर्ने ठाउँ छ । व्यक्तिगत या समूहगत हित नै यसको प्रधान मिशन देखिन्छ ।
अहिले प्रचण्ड यो खेलमा निर्णायक अवस्थामा छन् । उनको क्याप्टेन कूलको रणनीति उत्तरार्ध अवस्थामा पुगेको छ । टीम जमोस अनि रन को के कुरा भन्ने बुझाई र सोचाई अब किनारातिर पुगेको छ । अबको उनको मिशन भनेको सकेसम्म अझै पनि सन्तुलनमैं जाने र भएन भने डेथ ओभर त बाँकी नै छ भन्ने आँकलन गर्न सकिन्छ।

उनी अहिले पार्टी एकतालाई टुंगोमा पुर्याउने मिशनमा केन्द्रीत छन् । जसरी हुन्छ पार्टी एकतालाई गतिमा लैजानुपर्छ । नयाँ सन्देश दिनुपर्छ भन्नेमा उनी छन् । तर यदि उनले चाहेजस्तो, उनले सोचेजस्तो र उनले इमान्दार भएर पहल गरेजस्तो ओली र नेपालले गरिदिएनन भने ?

प्रचण्डका लागि डेथ ओभरमा ब्याटिङ गर्नु अरु सबै टीमका लागि एउटा ठूलो चुनौती हो । किनभने प्रचण्डले अहिलेसम्म शीर्षमा रहेपनि या नरहेपनि नेपाली राजनीतिक क्रिकेटलाई दिशा दिएका छन । धोनी अहिले भारतीय क्रिकेट टीमको कप्तान छैनन । तर भारतको जीत या हारमा या अन्य खेलहरुमा धोनी निर्णायक हुन्छन् । प्रचण्डको हकमा पनि यही सत्य हो । पछिल्लो तीन दशक उनको वरिपरि घुमेको छ नेपाली राजनीतिमा । उनी नेपाली राजनीतिका मुख्य स्ट्राइकर हुन ।

अहिले भने उनले हतार गरेका छैनन । उनलाई अझै पनि सबै कुरा साम्य हुन्छ भन्ने विश्वास छ । त्यसैले उनी अहिले पार्टी एकतालाई टुंगोमा पुर्याउने मिशनमा केन्द्रीत छन् । जसरी हुन्छ पार्टी एकतालाई गतिमा लैजानुपर्छ । नयाँ सन्देश दिनुपर्छ भन्नेमा उनी छन् । तर यदि उनले चाहेजस्तो, उनले सोचेजस्तो र उनले इमान्दार भएर पहल गरेजस्तो ओली र नेपालले गरिदिएनन भने ?

यो पेचिलो प्रश्नमा उनी डेथ ओभरमा ब्याटिङ गर्ने निश्चित छ ।

पार्टी एकता भयो भने प्रचण्ड शक्तिशाली बन्छन् । पार्टी एकता भयो भने उनी शक्तिशाली बनेपछि द्वन्द्वकालिन मुद्दा या संक्रमणकाललाई फरक किसिमले हल गर्नेछन् । उनी अध्यक्ष भए नेपालमा क्रान्तिकारी वामपन्थी आन्दोलन अघि बढने छ । कालान्तरमा नेपालको निर्भरता अरु देशमाथि घटने छ । उनले साम्राज्यवाददेखि विस्तारवादविरुद्द राष्ट्रिय पूँजिपति वर्गको विकास गर्ने दिशामा कदम चाल्नेछन् ।

रोकिएको अवस्थामा प्रचण्ड डेथ ओभरमा बलिङ गर्न निस्किए भने ओली या नेपालले रनको रफ्तार रोक्न सक्लान ?

यही सोचेर अहिले प्रचण्डलाई शक्तिशाली हुन नदिन, उनलाई रन हान्न नदिन अनेकन कोशीस भएको देखिन्छ । तर पार्टी एकताको शर्तमा यी कोशीसहरुले खासै अर्थ राख्दैनन । किनभने बलियो वाम एकता नेपाली जनताको चाहना हो । यो प्रचण्डकै दूरदर्शी प्रस्ताव हो । यसलाई चुनावमार्फत जनताले अनुमोदन गरेका छन् ।
त्यसो भए के यो रोकेर रोक्न सकिएला ?

रोकिएको अवस्थामा प्रचण्ड डेथ ओभरमा बलिङ गर्न निस्किए भने ओली या नेपालले रनको रफ्तार रोक्न सक्लान ?

पेचिलो प्रश्न ।

अवश्य पनि सक्दैनन ।

प्रचण्डका लागि पछाडि फर्किने ठाउँ छैन भनेर कतिपयले आत्मरति लिएको होलान तर प्रचण्डले नयाँ बाटो पनि खन्न सक्छन् भन्ने सत्य बुझ्ने सबैले आवश्यक छ ।
अहिले केही समय कुर्नु जरुरी छ । त्यसपछि पनि पार्टी एकता भएन । यसमा कतिपय षडयन्त्रका कारण सफलता प्राप्त गर्न सकिएन भने नेपालको राजनीति अलि फरक किसिमले अगाडि बढने निश्चित छ । यो अवस्थाका लागि तपाई हामी सबै तयार हुनैपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!