‘पिडालु रोपेर आलू खोज्नेहरु’

हाल नेपालेको नेपालगन्जमा राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन भइरहेको छ । राज्यले मोटो रकम खर्चेर आयोजना गर्दै गरेको खेलकुदको सो कार्यक्रमको लथालिङ्ग ब्यबस्थापनले गर्दा खेलाडीहरु दालमोठ चिउराको भरमा खेल्दै गरेको होस् हो पोखरी नै बनिनसकेको ठाउमा पौडी खेल आयोजना गर्ने अनि पत्रकारले प्रश्न सोध्दा उल्टै ठूलो कुरा गरेर कुतर्क गर्ने जिम्मेवार ब्यक्तिको अभिव्यक्ति सुन्दा केही लेख्न मन लाग्यो र यो आलेख लेखेको हुँ ।

खेल खबरले हाम्रा अखबारका पाना, अनलाइनका सेता भित्ता, सामाजिक सञ्जालका रंगिन भित्ता अनि ट्वीटेहरुका ट्वीटले भरिभराउ भएका छन् । खेल समिक्षक, खेलका ज्योतिषहरु तथा जानी–नजानी यस सम्बन्धमा कमेन्ट गर्ने कमेन्टरहरुले सम्पन्न खेलहरुका बारेमा आ–आफ्ना निजी तथा संस्थागत धारणा फलाकी रहेको हामी देख्न सक्छौं ।

खेलाडीहरुले प्रर्दशन गर्ने खेल आशा अनुसारको प्रदर्शन गर्न नसकेको कारण केही आलोचना गर्दैछन्, केही विचरा भन्दैछन्, केही खर्चमात्र गराए खेलाडीहरुले । तर केही उपलब्धि दिएनन् तसर्थ त्याँहा भएका सम्पूर्ण खर्चहरुको शोधभर्ना स्वयं खेल्न नजान्ने खेलाडीहरुले गर्नुपर्दछ भनेर आक्रोश व्यक्त गरेको पनि हामीले देख्यौँ ।

अधिकांश राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुले यसै खेल खबरलाई आधार मानी विवेचनात्मक आलोचना स्वरुप आफ्ना अड्ढहरुमा सम्पादकिय प्रकाशन पनि गरे । यस साताका यी र यस्ता समाचारहरुलाई अत्यन्तै नजिकबाट नियाली रहेको हुनाले केही लेख्न कुत्कुत्यायो र विषयवस्तु र सन्दर्भ अनुसार सार्थकता तुल्याउन माथिको शीषर्क जुराई वर्तमान नेपाली खेल जगतबारे विश्लेषणात्मक विवेचना गरी तितो सत्य उजागर गर्न जाँदैछु ।

हामीभन्दा अत्यन्तै साना, आर्थिकरुपमा पनि हाम्रो भन्दा कयौ गुणा प्रतिव्यक्ति आय न्यून भएका, द्वन्द्वको चपेटामा पिल्सिएका र अरुका पराधिनमा रहेका मुलुकहरुले अन्तर्राष्ट्रिय खेलकुदमा गरेको लोभलाग्दो प्रर्दशन, चुमेका ट्रफी र मेडल अनि उपाधीले कुरीकुरी भनिरहँदा हाम्रो खेल जगत चाँही विना उपलब्धी रित्तो हात फर्कदा ति खेलाडीहरुलाई जति हिनताबोध हुन्छ, त्यती नै एक खेल प्रेमिहरु अनि देशपे्रमि जनताहरुलाई हिनताबोध हुनु स्वभाविक नै हो । हाम्रा खेलाडीहरुले किन खेल जितेर ट्रफी ल्याउन सकेनन् भनेर खेलाडीहरुलाई मात्र इंगित गरी प्रश्न तेर्साउनु भनेको पाइप मर्मत गर्नु जस्तै हो । यस अवस्था सदियौंदेखि निरन्तररुपमा चल्दै आउनुको ‘रुट कज’ (मूख्य कारण) पत्ता लगाउने हो भने हामी श्रोतको मुहानमै पुग्नुपर्ने हुन्छ । हाम्रा गाउँघरमा पनि अन्यन्त्रझैँ अत्यन्तै प्रतिभाशाली खेलाडीहरु नभएको पक्कै होइन ।

जे जति छन् गाउँघरमै सिमित छन् । त्यस्ता खेलाडीहरुको पहुँच गाउँघर भन्दा बाहिर छैन । कि त भनसुन गरिदिने कोही हुनपर्छ, कि त भाग्यको चिट्ठा नै पर्नुपर्दछ । खेलको विकासका लागि भनेर राज्यले स्थापना गरेका विभिन्न एकेडेमीहरुमा सर्वसाधरणहरुको पहुँच पुग्दैन । त्यहाँ जसको बोलवाला छ, जसले पैसा खर्च गर्न सक्छ उनीहरुले मात्र प्रवेश पाउँछन् । राम्रो खेलले भन्दा पनि राम्रो तिर्नेले र सोर्स–फोर्स हुनेले मात्र प्रवेश पाउने भएकाले त्यहीबाट उत्पादित खेलाडीहरुको वर्चस्व छ हाल नेपाली खेलकुद जगतमा । तिक्ष्ण खेल क्षमता र सीप भएका अनि खेलकुदमा नै आफ्नो प्यासन भएका गरीब पृष्ठभुमिका खेलाडीहरुले सो प्यासनलाई पेशा बनाउन सक्दैनन् । दिनभरी खेती किसानी पेशा, व्यवसाय गरी साँझ फुर्सद मिलाई १÷२ घण्टा अभ्यास गर्ने बाहेकको अरु समय नहुने हुँदा आफूभित्र जति क्षमता भए तापनि सो लाई निखार्ने मौका पाइरहेका छैनन्राम्रा खेलाडीहरुले । भने जसले अवसर पाएका छन्, उनीहरुसँग त्यो क्षमता छैन । बस् यी र यस्तै सदियौ देखि चलिरहेको दुरावस्थाको कारण नेपाली खेल जगतले फड्को मार्न सकिरहेको छैन र यहि अवस्थाले क्रम भङ्गता गरेन भने यो परम्परा अनन्तकाल सम्म चलि नै रहन्छ ।

हामी यस्तो राष्ट्रका नागरिक हौँ जहाँ अधिकांश सक्रिय युवा जनशक्ति भारत, खाडी लगायतका मुलुकमा लेबर काममा लखेटिएका छन् । नेपाल सरकारको आधिकारिक डाटा अनुसार नेपालका जम्मा जनसंख्या मध्ये १६ देखि ४५ वर्ष उमेर समूहका १ करोड ७६ लाख हुन आउँछ, त्यसमा पनि १६ देखि ३० वर्ष उमेर समुह ९जो खेलका लागि योग्य मानिन्छ० विभाजन गर्ने हो भने एक करोड बत्तिस लाख हुन आउँछ । हो त्यही जनसंख्यालाई खेल्न योग्य खेलाडीहरुको अनुपात निकाल्ने हो भने ३७.८७ प्रतिशत जनसंख्या विदेशमा छन् अर्थात खेल जगतबाट आइसोलेटेड भइसकेका छन् । अब बाँकी ६२ प्रतिशत खेल्न योग्य जनसंख्या मध्ये कतिलाई रुचि नहोला, कतिलाई शरीरले साथ नदेला भने त्यसमा ३६ प्रतिशत महिला जनसंख्या छन् । नेपालले महिलाहरुलाई एकाध खेलबाहेक अन्यमा महिलालाई प्रतिष्पर्धा गराउन सकेको छैन ।

सबै काँटछाँट गर्दा खेल्न योग्य जनसंख्याको २१–२२ प्रतिशत जति जनसंख्या मात्र नेपालमा छन् । अनि छनौट नै थोरै मध्येबाट हुने हुँदा त्याहाँ क्षमतावान खेलाडी उत्पादन गर्न सक्छु भन्नु हाम्रो विवेकिय भूल बाहेक अरु हुन सक्तैन । हाम्रा अधिकांश खेलाडीहरु यहि सास्वत् सत्य पृष्ठभूमीबाट प्रादुर्भाव भएका कारण नेपाली खेलजगतले आशातित प्रगति गर्न नसकेको तितो यर्थाथ हो । ‘खेलाडी राष्ट्रका गहना हुन्’ भनेर सार्वजनिक भाषणमा जति कुर्लिए पनि त्यो गहना बनाउने बाणा नै दुषित भएपछि खेल जगत पनि धमिल्लिनु स्वभाविक नै हो । प्राकृतिक मुहानबाट नभई कृत्रिम मुहानबाट पानी ल्याउँदा सो को टेष्ट पनि वेस्वादे हुनु प्राकृतिक नियम नै हो ।

खेल जगतको अभिभावकीय भूमिका निर्वाह गर्ने यूवा तथा खेलकुद मन्त्रालयको संरचना, पारा र अवस्था हेर्दा लाग्छ नेपाली खेलकुद अझै उधो गतितिर लाग्ने बलिया आधारहरु प्रष्ट देखिन्छ । जसलाई खेलकुदको ख थाहा छैन, उसलाई हाम्रो खेलकुद मन्त्री बनाइन्छ । हाम्रा मन्त्रीहरुलाई एकाध बाहेक अन्य खेलहरुमा कतिजना खेलाडीहरु हुन्छन्, त्यो समेत बेजानकार मन्त्री नै खेलकुदको योजनामा हस्ताक्षर गरेका हुन्छन् । दाँत फुक्लेका र कपाल सेतै भएका अनि संस्कृत पाठशालामा व्याकरण पास गरी आएका सचिव ज्युहरुले यूवा तथा खेलकुदका लागि कार्ययोजना बनाउँछन् । खेलकुद मन्त्री नियुक्ती भएपिच्छे लखेट्ने, समाउने र पछार्ने’ मुसो–विरालो’ को खेल शुरु हुन्छ खेलकुदको नियामक निकाय–राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रमुख अर्थात सदस्य सचिवलाई । खेलक्षेत्रको बारेमा जानकार, खेलक्षेत्रमा लगानी भएका र समग्र खेल क्षेत्रलाई अभिभावकिय भूमिका निर्वाह गर्न सक्ने भन्दा पनि उसले विगतमा कुन रंगको झण्डा बोक्यो त्यसमा निर्भर हुन्छ ।

उसको योग्यता, मोटो रकम र झण्डाभित्र रहेको भित्री चिन्हले खेलकुद क्षेत्रका मुख्य व्यक्तिको योग्यता निर्धारण हुन्छ र उसले आफ्ना नियुक्तीकर्ताका दरवारमा गई सपथ खाएका हुन्छन् कि, ‘हजुरहरुले तोक लगाएर पठाएको व्यक्तिलाई करारमा नियुक्ती गर्नु मेरो मुल धर्म हुनेछ’ भन्ने । र त राखेपमा सदस्य सचिवले पदवहाल गरेको दोस्रो महिनादेखि नै छोटा राजाहरुको करार नियुक्ती हुन्छ र तिनै छोटा राजाहरुको प्रत्यक्षरअप्रत्यक्ष सिफारिसमा निर्धारण हुन्छन् हामीले राष्ट्रका गहना भनेका खेलाडीहरुको योग्यता । जो मौन छ, उसको नालीबेली खोजिन्छ । जसका पिता, माता, काका, ससुरा, जेठान, साला कुन–कुन दलमा आस्था र मतदाता थिए उनीहरुले मतदान गरेको आधारमा योग्य र अयोग्य खेलाडीहरु छनौट हुन्छन् । लोली–बोली र आस्था मिले उसले प्रतिस्पर्धामा भाग लिन पाउँछ अन्यथा उ क्लोज क्याम्प भित्र छिर्न नै पाउँदैन । अनि पठाइन्छ त्यस्ता एकाध छोडेर अन्य खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्नका लागि । अनि त्यस्ता खेलाडीहरुबाट राष्ट्रले ठुलो आशा गर्न सुहाउँछ ? सुन्दा टर्रो र तितो लाग्न सक्छ केही एकाध छोडेर लोली, बोली पहुँच र पैसाको बलमा खेलाडी भएका ‘गहना’हरुबाट हामीले ठुलो आशा राख्नु हाम्रो उच्च महत्वकांक्षा बाहेक अरु हुन सक्दैन । यस लेखको मक्सद यो होइन कि, सबै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धामा संलग्न खेलाडीहरु सबै त्यस्तै पृष्ठभूमीबाट आएका हुन भन्ने वा खोजिएको होइन तर हामीले अन्तर्राष्ट्रिय जगतमा असफल सधै भइरहनुको एक मुख्य कारण यही नै हो ।

छनौट प्रक्रियादेखि नै हुने अस्वस्थ प्रतिस्पर्धा, माथिल्लो निकायमा पहुँच नहुँदामाथि उक्लन नसकिने विडम्बनापूर्ण परिस्थिति, स्थानीय तहमा खेदकुदका कार्यक्रमहरु सञ्चालन नहुनु, अपर्याप्त बजेट, तथा सेवा सुविधा, दालभातको भरमा दौडनुपर्ने बाध्यतात्मक अवस्था, राष्ट्रका गहना भनेर फुलाउने तर गहनामा समयानुकुल कसी नलगाउनु, खेल क्षेत्रलाई प्रोत्साहन नगर्नु, आजिवन खेलमा समर्पित हुने खेलाडी, प्रशिक्षक तथा दिलोज्यान दिएर लाग्नेहरु सेवा सुविधाबाट सँधै वञ्चित भइरहने, खेलकुदको कखरा समेत नजानेका ‘छोटा राजा’हरुले राखेपबाट मासिक सेवासुविधा बुझिरहने परिपाटी, अनावश्यक राजनैतिक नियुक्ती, भर्ना, छनौट प्रकृयामा अस्वस्थ प्रतिस्पर्धा खेलकुद कार्यक्रममा खेलाडीहरु भन्दा जम्बो सरकारी बजेटमा ठालुहरुको भ्रमण र अनावश्यक खर्च, अनुभवी प्रशिक्षकहरुको अभाव, अन्तर्राष्ट्रिय टिमहरुसँगको अभ्यासमा कमी, खेलमैदान तथा खेल सामग्रीहरुको अपर्याप्तता र राम्रालाई भन्दा हाम्रालाई काख च्याप्ने गलत प्रवृतिको कारण हाम्रो खेल जगत आक्रान्त छ ।

कुनैपनि राष्ट्रलाई चिनाउने एक महत्वपूर्ण कडी भनेको खेलकुद पनि हो । उदाहरणका लागि श्रीलङ्का, बंगालादेश, पाकिस्तान, इन्डोनेसिया, घाना, सेनेगल, कोष्टारिका, नाइजेरिया, आइसल्याण्ड, पोर्चुगल, ट्रिनोटाड एण्ड टोवाको लगायतका मुलुकहरु खेल क्षेत्रबाट नै विश्व सामू परिचित भएका हुन् । खेल क्षेत्र एउटा त्यस्तो क्षेत्र हो, जहाँ सीप र दक्षता निखार्न सकेको खण्डमा राष्ट्रलाई चिनाउन सजिलै सकिन्छ । हिजो द्वन्द्वको चरम अवस्थामा पुगेको अफगानिस्तान, जहाँ आजपनि कलह, दमन र वैमनस्यता व्याप्त छ, त्यहाँको खेलकुदले एक दशकमै यस्तो फड्को मारेको छ कि, युद्ध र कलहले चिनिने सो राष्ट्र आज फक्रदो खेल जगत भनेर चिनिदै छ । भ्रष्टाचार र भोकमरीले आक्रान्त बंगलादेश, श्रीलङ्का खेल क्षेत्रबाट नै विश्व सामू आफुलाई अब्बल खेल खेल्ने राष्ट्रको रुपमा स्थापित भइसकेको छ । इण्डोनेसियामा रहेका मेरा एक मित्रलाई हाम्रो खेलकुदबारे चिन्ता र जिज्ञासा राख्दा उनीहरुले आफ्नो देशले खेलाडी उत्पादन गर्न वडा तह देखि नै प्रतिस्पर्धा गराउने र सो प्रतिस्पर्धा तहगत रुपमा माथिल्लो निकायमा पुग्ने हुँदा अति उत्तम खेलाडीहरुले मात्र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागि हुने हुँदा त्यहाँ पक्कै अपेक्षित नतिजा निकाल्न सकिने बताए ।

हामीमा पनि त्यस्तो गर्न आखिर बाधक के छ त ? सबै संरचना छ, अवस्था छ, नीति छ, क्षमता छ, केबल छैन त हामीमा नियत । भएका सेवा सुविधा मै खाउँ–मै लाउँ भन्ने इष्र्यालु मानसिकता, हसुर्ने प्रवृतिको कारणले नै हो हाम्रो खेलकुदले आशातित नतिजा दिन नसकेको ।

नेपाली खेलजगतलाई नियत सफा बनाई प्रभावकारी रुपमा अगाडी बढाउने हो भने आगामी ५ वर्ष भित्रमा नेपाल छलाङ मार्ने निश्चित छ, जसका लागि देहायअनुसारका मनस्थिती र कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउनु पर्दछः

१. प्रत्येक वडामा खेलकुद विकास समिति गठन गरी वडाको जम्मा बजेटको १० प्रतिशत खेलकुदका लागि अनिवार्य विनियोजन गर्ने र प्रत्येक वडामा न्यूनतम एक खेलको एक प्रशिक्षक राज्यले व्यवस्था गर्ने ।

२. प्रत्येक वडा स्तरीयदेखि नै योजना तर्जुमा प्रकृयामा खेलकुदको आवधिक र वार्षिक योजना बनाउने । प्रत्येक वडामा सम्भाव्यताको खेल अनुसारको मैदानको व्यवस्था गर्ने

३. खेलकुदलाई पनि एम।सि।पि।एम। को एक महत्वपूर्ण इन्डिकेटर बनाउने ।

४. उत्कृष्ट खेलाडी उत्पादन गर्ने विद्यालयरवडारगाउँपालिकारनगरपालिकाहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने ।

५. गाउँपालिका र नगरपालिका भन्दा माथिल्लो चरणमा पुगेका खेलाडीहरुलाई एकेडेमीमा राखी त्यहाँ सेवा सुविधा समेत उपलब्ध गराउने ।

६. राष्ट्रिय खेलकुद परिषद्को संरचना प्रत्येक गाउँपालिका, नगरपालिकाहरुमा विस्तार गर्ने ।

७. प्रत्येक विद्यालयमा एक जना खेल शिक्षकको दरबन्दी अनिवार्य गर्ने । विद्यालयमा भौगोलिक अवस्थाअनुसार खेल सामग्री, खेलमैदानको व्यवस्थापन गर्ने ।

८. प्रत्येक त्रैमासिक रुपमा अन्तर विद्यालयरअन्तर वडा स्तरीय खेलकुदका प्रतिस्पर्धा आयोजना गर्ने ।

९. टोल÷वडा र विद्यालय स्तरबाट छनौट हुने राम्रा–राम्रा खेलाडीहरुलाई गाउँरनगरपालिका स्तरीय प्रतिस्पर्धामा प्रत्येक त्रैमासिक रुपमा प्रतिस्पर्धा गराउने र त्यहाँबाट छनौट भएका राम्रा खेलाडीहरुलाई जिल्ला स्तरीय क्लोज क्याम्पमा राख्ने र त्यहीबाट विशेष प्रशिक्षण दिने ।

१०. जिल्ला स्तरबाट आएका उत्कष्ट खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतिस्पर्धामा सहभागी गराउने ।

११. प्रत्येक प्रदेशमा खेलकुद विभाग हेर्ने छुट्टै डेस्क राख्ने जहाँ विभिन्न खेलका विज्ञहरुको एक टिम बनाउने र उनीहरुको प्रत्येक निगरानीमा अन्तर प्रदेश स्तरीय प्रतिस्पर्धा आयोजना गराउने ।

१२. प्रदेश स्तर देखि नै छनौट समितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र खेल विज्ञहरुको सल्लाहमा खेलाडी छनौट गर्ने ।

१३. प्रदेशबाट पनि छनौट भएर आएकाहरुलाई राष्ट्रिय क्लोज क्याम्पमा राखी राष्ट्रिय खेलाडी छनौट गर्ने

१४. राखेपमा राजनैतिक नियुक्ती पाएका सम्पूर्णलाई वर्खास्त गर्ने र अनावश्यक पदमा हाजिरमात्र गरी तलब भत्ता खाने सबै पद हटाउने ।

१५. यूवा तथा खेलकुद मन्त्री यूवालाई नै बनाउने र सो मन्त्रालयमा सचिव पनि भएका सचिव मध्ये सबै भन्दा कम उमेरकालाई खटाउने ।

१६. खेलकुद मन्त्रालयमा अन्तर्राष्ट्रिय स्तरमा खेलिने-सहभागिता जनाउने सबै खेलका अलग–अलग डेक्स बनाउने र त्यहाँ स्वतन्त्र खेल विज्ञहरुको एक टिम निर्माण गरी त्यहाँबाट नै खेलकुदको योजना निर्माण गर्ने ।

१७. खेलकुदमा भाग लिन जाँदा आवश्यक भन्दा बढी व्यक्तिहरुको लर्को हटाउने र व्ययभार कम गर्ने ।

१८. क्लोज क्याम्पमा रहेका सम्पूर्ण खेलाडीहरुको सेवा, सुरक्षा र सुविधा राज्यले व्यवस्थापन गर्ने ।

१९. प्रत्येक वर्ष न्युनतम् (एक खेलका२ पटक) अन्तर्राष्ट्रिय रुपमा अभ्यास खेल खेलाउने । आफ्नो देशमा पनि अभ्यास खेलका लागि अन्तर्राष्ट्रिय टिमहरुलाई सरकार स्तरमा नै आमन्त्रण गर्ने ।

२०. अन्तर्राष्ट्रिय जगतमा पदक विजेताहरुलाई राज्यले जीवन निर्वाह र सामाजिक सुरक्षाको बन्दोबस्त गर्ने ।

२१. प्रत्येक जिल्लामा सबै खेल गर्न सकिने कर्भड हल, खेल मैदानको व्यवस्था गर्ने ।

२२. खेल जगतमा नै समर्पित भएका खेलाडीहरुलाई उचित पारिश्रमिक, सेवा सुविधा प्रदान गर्ने ।

२३. मौषमी रुपमा नभई खेलाडीहरुलाई नियमित रुपमा अभ्यास, खेलमै व्यस्तता अनि आन्तरीक प्रतिस्पर्धा गरिरहने (त्रैमासिक रुपमा) ।

२४. खेलकुद सम्बन्धी खबर सम्प्रेषण गर्ने क्उयचतक ऋजबललभरि वेवसाइटको सुरुवात गर्ने र सो लाई प्रभावकारी कार्यान्वयनमा ल्याउने

२५. राजदुतावासको माध्यमबाट प्रत्येक देशमा नेपाली खेलकुद आयोजना गर्ने र त्यहाँका क्लब÷टिमसँग प्रतिस्पर्धा गराउने । र विदेशमा रहेका र खेलमा सम्भावना बोकेका खेलाडीहरुलाई राज्यले पहिचान गरी झिकाउने र विशेष तालिमको व्यवस्था गर्ने ।

२६. खेलाडीहरुलाई मर्यादित बनाउन समयसापेक्ष आचारसंहिता बनाउने र सो को अक्षरस लागु गर्ने ।

२७. कुनै पनि विधाका सर्वोत्कृष्ट खेलाडीहरुलाई वार्षिक रुपमा उचित सम्मानित गर्ने ।

माथि उल्लेखित २७ वटा बुँदाको प्रभावकारी कार्यान्वयन गर्न सकेको अवस्थामा हाम्रो खेलकुदले अन्तर्राष्ट्रिय जगतमा अवको केही वर्ष भित्र नै नतिजा देखाउन शुरु गर्छ । खेलाडीहरुले नतिजा मात्र ल्याएनन् भनेर कराउनु र रोइलो खन्नुभन्दा के कारणले त्यस्तो हुन गयो समालोचनात्मक ढंगबाट विश्लेषण गरी सोही मुताविक अगाडी बढ्न सकेको अवस्थामा मात्र हामीमा परिवर्तन देखा पर्दछ अन्यथा पिडालु रोपेर आलू खोजि गर्नु जस्तै हो । सम्बन्धितहरुलाई चेतना भया ।

✍️ निर्मल घिमिरे

हरिवन नगरपालिका–१० सर्लाही
हालः जापान

कमेन्ट गर्नुहोस्