अपराधीले माला पाउनुहुँदैनः नगरप्रमुख

धनगढी, बैशाख ८ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कुनैपनि बाहनामा अपराधीले माला पाउन नहुने बताएका छन् ।

आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीले कैलाली बहुमुखी क्याम्पसमा आयोजना गरेको विद्यार्थी संग प्रहरी कार्यक्रमका बोल्दै नगरप्रमुख वडले अहिलेको सरकार अपराधीहरुलाई माला लगाउनमा ब्यबस्त रहेको आरोप लगाए । सरकारले सबै अपराधलाई बैधता दिदै आएकाले समाजमा दण्डहिनता बढेको आरोप पनि नगरप्रमुख वडले बताए ।

समाजमा घट्ने अपराधहरुको न्यूनिकरण प्रहरी ऐक्लैले गर्न सक्दैन नगरप्रमुख वडले भने,त्यसका लागि सबैको भुमीका चाहिन्छ । अरुलाई मात्रै दोष दिएर हुदैन नगरप्रमुख वडले भने,त्यसका लागि मैले समाजलाई के दिए र समाजमा मेरो उत्तरदायीत्व के हो भनेर बुझ्न जरुरी छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सेनाले सबैको सहयोग बिना अपराध न्यूनिकरण गर्न नसक्ने बताए । विद्यार्थीहरु समाजका सचेत बर्ग भएकाले अपराध, बालबिवाह, घरेलुहिंसा न्यूनिकरणमा महत्वपूर्ण भूमिका हुने बताए । उनले अपराधीहरुलाई छुटाउनका लागि कसैको दवाव नआउने गरेको बताए ।

कैलाली बहुमुखी क्याम्पसका प्रमुख पदमराज जोशीले कैलाली बहुमुखी क्याम्पसको बरिपरि सुरक्षा गस्ती बढाईदिन आग्रह गरे । उनले भने,खुला नर्सरी भएकाले यहाँ लागुऔषध सेवन गर्नेहरु भेटिने गरेका छन् । कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता बिनय लामा, स्वबियू सभापती चुरामणी भट्ट, डम्मर भट्टराई लगायतले मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्