राष्ट्रपतिको चीन भ्रमण क्रममा पारवहन प्रोटोकलमा मन्त्री स्तरीय हस्ताक्षर हुने

काठमाडौँ, वैशाख ९ । नेपाल–चीनबीच दुई वर्षअघि भएको पारवहन सन्धिलाई व्यवस्थित गर्न बनाइएको सम्झौताको प्रोटोकलमा मन्त्रीस्तरीय हस्ताक्षर हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण (११–१९ बैशाख)को क्रममा वैशाख १६ गतेका दिन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने भएको हो । बेइजिङस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, प्रोटोकलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायातमन्त्री ली सियाओपिङले हस्ताक्षर गर्नेछन् ।

राजनीतिका साथै व्यापारमा पनि ख्याति कमाएका यातायात मन्त्री ली चीनका पूर्व प्रधानमन्त्री ली फङ ९सन् १९८८–१९९८० का छोरा हुन् । मन्त्रीस्तरीय हस्ताक्षर हुन लागेको पारवहन प्रोटोकल अनुसार नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने छन् । नेपालले प्रयोग गर्न पाउने चारमध्ये चार वटा बन्दरगाह सामुद्रिक र ३ वटा सुख्खा बन्दरगाह छन्।

तीमध्ये तियान्जेन, सेनजेन, लियानयुङगाङ्ग र झाङ्गजियाङ्ग सामुद्रिक बन्दरगाह हुन् भने सुख्खा बन्दगाहमा गलान्जाओ, ल्हासा, र सिगात्से छन् ।

उपरोक्त चिनियाँ बन्दरगाह हुँदै नेपाल आफ्ना ६ वटा नाकाबाट सामान आयात गर्न सक्नेछ। तिनमा रसुवा, कोदारी, किमाथांका, नेचुङ्ग, यारी र ओलाङ्चुड्ङगोला नाका छन् । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्