पथरीमा एक महिलाको रहस्यमय मृत्य

मोरङ, वैशाख ९ । मोरङको पथरी बजारमा एक महिलाको मृत्यू भएको छ ।

घटनाको प्रविधि हेर्दा अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेका देखिन्छ । पथरीमा बजारमा विगत ९–१० वर्षदेखि डेरा बसेर कस्मेटिक पसल चलाउँदै आएकी बस्नेतको शनिबार बिहान नग्न शरिर मृत्यु अवस्थामा मर्निङ वाक गर्नेहरुले देखि प्रहरीलाई खवर गरेका थिए ।

उनी अघिल्लो दिन पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । रुपा १३ बर्षीय छोरा साइमनसँग डेरामा बस्दै आएकी थिइन् । आमा र छोरा रातको १२ बजेसम्म मोबाईल चलाउँदै बसेको छोरा साइमन बस्नेत बताउँछन् ।

मृतक बस्नेतको शव नग्न अवस्थामा घोप्टो परेको र शवमा रगत पनि बगेको अवस्थामा थियो । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । ‘कपडा आफैंले खोलेर कोठामा नै राखेको देखिन्छ ।

उनी हिजो पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । यद्यपी, पोष्टमार्टमबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए । ‘आफ्नै डेरा भएको घरअघि मृत भेटिएको हो । चोट देखिएको अवस्था छ,’ एसपी केसीले भने, ‘शवलाई पोष्टमार्टम गर्न धरान पठाएका छौ, पोष्टमार्टमबाट धेरै कुरा खुल्छ ।’ केसीले जानकारी दिएका छन् ।

मृतकको कोठा तेस्रो तलामा छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा दुबई गएका छन् । शुक्रबार फोनमा आत्तिंदै गफ गरेको र बेलुकी हल्का मापसे गरेको छोराले बताएका छन् । तर, पनि घटनालाई सबै ढंगबाट सुक्ष्मरुपमा अनुसन्धान हुनुपर्ने आत्महत्या नभएर हत्या भएको आफन्तले दाबी गरेको छ ।

पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यलय पथरी, सुरक्ष बेस क्याम र सस्त्र प्रहरी क्याम जस्ता राज्यको ३ ओटा सुरक्षा निकाय रहेको छ । गएको दुई महिनालाई हेर्ने हो भने एकपछि अर्को गर्दै ४ ओटा श्रृंखलाबद्ध रहस्यमय शव फेला फेला परेको छ ।

यस्ता घटनाले गर्दा आम पथरीबासी त्रसित भएका छन् । गत फागुन १६ गते पथरीकै एक सिक्का बारबाट सोही प्रकारको एक युवकको हत्या भएको थियो । ५ तलामाथि रहेको बारमा रमाइलो गर्न गएका युवाको बारको तल घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । पथरी कानेपोखरी सडक नजिकैको जंगलमा २ महिलाको रहस्यमय मृत्यु भएको थियो । २ महिनामा ४ ओटा रहस्यमय मृत्यु भइसक्दा नगर प्रहरी प्रशासनबाट शान्ति सुरक्षाको विषयमा केही सजक नभएको स्थानीय र ब्यापारी बताउँछन् ।

यता वैशाख ७ गते रिना बस्नेतको अकल्पनीय, शंकास्पद र निन्दनीय घटना घटेको प्रति पथरी उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ । उसले विज्ञप्ती जारी गर्दै रहस्मय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्कालै कानूनी दायरा ल्याएर कारबाही गर्न माग गरेको छ ।

जति अपराधिक घटनाहरु पथरीशनिश्चरे वडा नं। १ मा र उक्त क्षेत्रलाई लक्षित गरि घटाइने भएकाले सो क्षेत्रमा प्रहरी प्रसासन र स्थानीय निकायको तालमेल नभएकाले यस्ता घटना घटेको वडा नं.१ का वडाध्यक्ष बाबुराम एङदेन बताउँछन् । शव पोष्टमार्टमका लागी धरान स्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लगि सकेको छ ।

गोपाल काफ्ले पथरी

कमेन्ट गर्नुहोस्