नेपाल कम्युनिष्ट पार्टीः ७० औं वार्षिकोत्सव समारोहमा बाेल्दै अध्यक्ष प्रचण्ड (लाइभ भिडियोसहित)

काठमाडौं, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘अध्यक्ष’ले एकता प्रक्रियामा जिल्ला तहको नेतृत्व टुङ्ग्याउनु फलामे ढोका फोरे सरह भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा धेरै मेहनत गर्नुपरेको पनि सुनाएका हुन् ।

उनले एकता प्रकृयामा ढिलाइ भएको स्वीकार्दै अब यो प्रकृयाले पूर्णता पाउने दावी गरे । उनले शुभचिन्तकहरुको दबाबले पनि एकता प्रकृयालाई सहयोग पुर्याएको भन्दै प्रचण्डले त्यसका लागि सवैलाई धन्यवाद दिए ।

–समाजवादको रणनीतिमा अघि बढ्ने योजना हामीले अघि सारेका छौँ, यो आफैमा युगान्तकारी प्रयोग हो ।

–हिजोका बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव छैन । जरुरी पर्दा मात्रावाट गुणमा फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न सक्दैन ।

–विचारलाई विकसित र राजनीतिक रणनीतिलाई विकसित गर्दै अगाडि बढ्न सकेनौ भने दुईवटा विकृति रहन्छन् । जडसुत्रबादी र आत्मसमपर्णवादी विचारलाई महिमामण्डित गाउने प्रवृति संसरभर देखेका छौँ । नेपालमा पनि त्यसविरुद्ध संघर्ष गरिरहेका छौ ।

–वस्तुवादी आवाश्यक्तलाई टेकेर राजनीतिक सिद्धान्त अंगिकार गर्नुपर्ने आवाश्यक्ता छ ।

–वैचारिक, राजनीतिक र सांगठानिक रुपमा आक्रमक बनाउने प्रयास गरेका छौँ । यो हाम्रा अग्रजहरुको हामीले चलाएको वैचारिक संघर्ष र बहसको हामीले चलाएको वर्गसंघर्ष र आन्दोलनसँगै हाम्रो पार्टी एक आक्रमक मोर्चाका रुपमा रहेको छ । यसलाई संसारका नयायप्रेमी र कम्युनिष्टहरुले चासो र गहिरो अध्ययनन गरेको अवस्था छ ।

–अर्कोतिर देशभित्र र बाहिरका प्रतिकृयावादी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलन एकता र आक्रमक मोर्चालाई कमजोर पार्ने षड्यन्त्रका तानाबाना बुन्ने प्रयास गरेको हामी सवै बुझेका छौँ । हामीले १२ बुँदे समझदारीमार्फत एउटा नया आन्दोलन थाल्यौँ ।

–जनयुद्ध र जनआन्दोलनलाई एकअर्काको पुरक बनाउँदै ठूलो राजनीतिक रुपान्तरणमा बदल्न सफल भयौँ । पहिलो संविधान सभा असफल भएपछि संविधानसभाबाट संविधान बन्छ त रु भन्ने प्रश्न उठे, र संविधान बन्न नदिने प्रयास पनि भए ।

–दोस्रो संविधानसभामार्फत संविधान बनायौँ र घोषण गर््यौँ । फेरी यो संविधान कार्यान्वयन होला त भन्ने प्रश्न फेरी हाम्रा अगाडि थिए । ति प्रश्नको सामना गर्यौँ ।

–निर्वाचन सम्पन्न भएर तीनै तहको सरकार बनेपछि पनि यो निर्वाचनले स्थिरता र अराजकता अन्त्य होला त भन्ने प्रश्न उठे । निर्वाचन भएपनि ७० वर्षदेखिको अन्यौलता अराजकताहरु कायमै रहने हुन् कि भन्ने प्रश्न उठे ।

–यीनै प्रश्नहरुको जवाफ दिन हामी दुईवटा कम्युनिष्ट पार्टीले कुनै न कुनै कदम चाल्नैपर्छ नचाले देशका निम्ति दुर्भाग्य हुनसक्छ भनेर पार्टी एकता गर्ने संकल्प गर्यौँ ।

– एकताको संकल्प गरेपछि पनि एकता टिक्दैन भन्दै आदि इत्यादि आशंका पैदा गर्ने काम भए । एकता रोक्न आन्तरिक र बाह्य अनगिन्ती प्रयास भए । तर, पनि हामीले जनतामा गरेको प्रतिबद्धता अनुसार एकता घोषणा गरेरै छाड्यौँ । हामीले भनेरअनुसारको गतिमा एकता नटुङ्गिदा फेरी प्रश्नहरु उठे ।

–सानो मेहनत र विवेकले एकता भएको होइन ।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Monday, April 22, 2019

कमेन्ट गर्नुहोस्