पूर्वीचौकी गाउँपालिकामा अपाङ्गता समन्वय समिति गठन

डोटी, बैशाख ९ । डोटीको पूर्वीचौकी गाउँपालिकामा अपाङ्गता समन्वय समिति गठन भएको छ ।

गाउँपालिका उपाध्यक्ष निर्मलादेवी साउँदको संयोजकत्वमा ११ सदस्यीय अपाङ्गता समन्वय समीती गठन गरिएको हो । समितिको सदस्यमा मनिषा धानुक, छत्र बहादुर खड्का, अनिल किरण बिष्ट, लालमणी योगी, सरुदेवी खड्का, पदम साउँद, कृत सिं खड्का र कल्पना थापा रहेका छन् ।

त्यस्तै अपाङ्गता सम्बन्धी काम गर्ने सँस्थाको प्रतिनिधी एक जना र कर्मचारी एक जना गरी दुइ जना सदस्य चयन गर्न बाँकी रहेको उपेक्षित समुदाय विकास मञ्च डोटीका कार्यक्रम संयोजक कृष्णराज उपाध्यायले जानकारी दिए ।

समितिमा नगरपालिकाकामा उप–प्रमूख र गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा स्थानीय जनप्रतिनिधी, विषयगत इकाइका प्रमुख÷प्रतिनिधी, अपाङ्गता क्षेत्रमा क्रियाशील सँस्थाका प्रतिनिधी र अपाङ्गता भएका व्यक्तिहरुको प्रतीनीधित्व रहने नीतिगत व्यवस्था छ । यद्यपी कतिपय स्थानीय तहमा यो समिति सक्रिय बन्न सकेको छैन ।

लुथरन विश्व फेडरेशन नेपालको आर्थीक सहयोग र उपेक्षित समुदाय विकास मञ्च डोटीको साझेदारीमा संचालीत नेपाल विकास कार्यक्रमको सहयोगमा पूर्वी चौकी गाउँपालिकामा अपाङ्गता समन्वय समिति गठन भएको हो ।

समिति गठन गर्न आयोजित कार्यक्रममा गठन प्रक्रिया, अपाङ्गता अधिकार र अपाङ्गताका सवाल लगाएतका विषयमा सर्वाङ्गिण अपाङ्गता समाज कैलालीका टेक्निकल कोर्डीनेटर नन्दराज भट्टले सहजिकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्