किड्स एण्ड टिन फेशन मोडल २०१९ सम्पन्न

भक्तपुर, वैशाख ९ । भक्तपुर सल्लाघारीको भक्तपुर बयान्क्वेटमा ‘किड्स एण्ड टिन फेशन मोडल २०१९’ सम्पन्न भएको छ ।

ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९ भक्तपुर यनिस श्रेष्ठ र फिमेल दीलास्था बुद्दाचार्य भएका छन् भने किड्स फेशन मोडल सिन्थिया कार्की त्यसैगरी प्रि टिन फेशन मोडल गृवानी चिकन्बन्जर भए त्यस्तै टिन फेशन मोडल रोशिश चिकन्बन्जर भएका छन् ।

त्यस्तै क्रमश प्रि किड्स फेशन मेगामोडल प्रनजल राणा, प्रि किड्स फेशन सुपरमोडल ब्रीथ चावल भएका छन् भने किड्स फेशन सुपरमोडल युभिका कुस्मा त्यसैगरी प्रि टिन फेशन मेगा मोडल निक्की लवजु भएका छन् भने प्रि टिन फेशन सुपरमोडल वैभवी शाह त्यसैगरी टिन फेशन मेगामोडल लीला श्रेष्ठ, टिन फेशन सुपर मोडल सगर शाही भएका छन् ।

उक्त बिजेताहरु थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने छन् । यी १३ जना विजेताहरुलाई ट्रफीसँँगै विभिन्न गिफ्ट ह्याम्पर र ५ हजार पाँच सयबराबर थाइल्याण्ड फ्लाइट टिकटमा छुट दिने छ । इभेन्ट अर्गनाइजर फाउण्डर कमलल क्षत्री रहेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

अफिसिअल कोरियोग्राफी दिक्पाल कार्कीले गरेका थिए भने साहायक कोरियोग्रफिमा मिथुन थापा, शेरप ग्यल्त्सेन लामा र आशिष् नापीत रहेका थिए। प्रतियोगिताको निर्णयकमा ऋषिराम अधिकारी, प्रिया रानी लामा र अन्शु के.सि. रहेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!