अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजनाः कृषि

काठमाडौं, वैशाख ९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ ।

रासायनिक मल र विषादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाइ प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

सम्मेलन आगामी वैशाख ३१ र जेठ १ गते काठमाडौंमा हुन लागेको कार्यदलका सदस्य सचीव डा. गंगा आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार भारत, भूटान, क्युवा, र स्पेनका प्राङगारिक विज्ञ आउने निधो भइसकेको छ । सम्मेलनमा स्वदेशी र बिदेशी गरी करिब १५० जना बिज्ञको सहभागिता रहने कार्यदलले जनाएको छ । सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी बिकास राज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको छ ।

कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समापन गर्ने आचार्यले बताए । सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिबेदन तयार गरि जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।

प्राङ्गारिक खेतीलाइ प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालको सम्योजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले अहिलेसम्म सातै प्रदेश र उपत्यकामा गरी १० वटा अन्तक्र्रिया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्