रसुवागढी नाकाबाट ७ केजी सुन बरामद, एक जना पक्राउ

रसुवा, वैशाख १० । चीनको केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा ७ किलो सुन बरामत गरिएको छ । सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन् ।

रसुवागढी नाका हुँदै ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको ७ केजी सुन विशेष सुराकीको आधारमा बरामद गरिएको टिमुरे प्रहरी चौकीका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घट्टेखोलाबाट सुन बरामद गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!