निर्माता करन जोहरको अहिलेसम्मकै फ्लप चलचित्र बन्यो ‘कलंक’

कुल कति लागत, कति कमाई ?

मुम्बई, वैशाख १२ । बलिउडका चर्चित चलचित्र निर्माता हुन् करन जोहर । तर, उनले यसपटक निर्माण गरेको बलिउड चलचित्र सुपर डुपर फ्लप भएको छ । चलचित्र कलंक उनको जीवनको कलंक भएको समीक्षहरुले बताएका छन् ।

स्टार अभिनेताहरुलाई लिएर निर्माण गरिएको यस चलचित्रले बक्स अफिसमा पनि झुर कलेक्सन गरेको छ । संजयलिला भन्सालीको स्टाइललाई कपी गर्न खोजिएको भन्दै केही समिक्षकहरुले करन जोहरमा घमण्ड बढी आएको बताएका छन् ।

यस फिल्ममा संजय दत्त, माधुरी दीक्षित, बरुण धावन, सोनाक्षी सिंन्हा जस्ता कलाकारको प्रमुख भुमिका रहेको थियो । फिल्मको स्टोरीले नै दर्शकलाई छुन नसकेपछि फिल्म नराम्रोसँग आलोचित बनेको हो ।

यस फिल्मपछि करन जोहरको आलोचना पनि उत्तिकै भएको छ । आफूले चाहेका कलाकारहरु लिएर निर्माण गर्दा केही अब्बल भुमिका निर्वाह गर्ने कलाकारहरुलाई अवसर नदिँदाको परिणाम भएको समीक्षकहरुले बताएका छन् ।

१५० करोडको लगानीमा बनेको यस चलचित्रले हालसम्म ७२ करोडमात्र कमाउन सफल भएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!