बजारमा आयो सिजीका फ्यान र कुलर

काठमाडौं, वैशाख १२ । बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु हालैमात्र बजारमा ल्याएको छ। फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अलपर्पोज फ्यानहरु रहेका छन् ।

सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै छ । यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् । यो फ्यान चलाउँदा आवाज पनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ ।

त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । यसमा अब रिमोट पनि भएकोले तपाईले यसलाई सजिलै चलाउन सकिने छ । अरु टेबल, वाल र अलपर्पोज फ्यानहरुको पनि एकदमै माग बढेको छ ।

एसीको आनन्द सस्तो दाममा लिन अब सिजीले विभिन्न मोडलहरु र तपाईकै बजेटमा कुलरहरु पनि ल्याएको छ ।

गर्मी मौसममा यसको प्रयोग गर्नाले तपाईहरुले आफ्नो स्वास्थ्य एवं मुल्य दुवैको जर्गेना गर्न सकिने छ । यो कुलरमा आईस च्याम्बर, पावर फुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन् । आफ्नो कोठाको साईज र मुल्यमा छानी छानी आकर्षक कुलरहरु घर ल्याउन सकिने छ । त्यसैले सिजीका फ्यानहरु र कुलरहरुको प्रयोग गरी कुल रहनुहोस् ।

कमेन्ट गर्नुहोस्